काठमाडौँ, पुस १९, २०७४ : शरीरको आवरणका रूपमा रहेको छाला (स्किन) मा विशेषगरी दुईवटा लेयर हुन्छन्। इपिडर्मिस र डर्मिस गरी दुईवटा लेयर मिलेर छालाको निर्माण भएको हुन्छ। सबैभन्दा माथिल्लो लेयरलाई इपिडर्मिस र त्यसभन्दा तल्लो भागलाई डर्मिस भनिन्छ। इपिडर्मिसभन्दा मुनि डर्मिस र त्यसभन्दा तल फ्याट हुन्छ, जसलाई सब टिटानस इस्यू भनिन्छ।
शरीरका अंगहरूलाई सुरक्षा दिन छालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। छालाले बाहिरी वातावरणबाट भित्री अंगहरूलाई पु¥याउन सक्ने हानिबाट पनि जोगाउँछ। सूर्यको हानिकारक विकिरण वा कीराफट्यांग्राबाट हुन सक्ने हानिबाट पनि बचाउँछ, छालाले। बाहिरी वातावरणबाट बिसालु पदार्थ शरीरभित्र पस्नबाट छेक्छ। त्यस्तै भिटामिन डी पनि छालाकै माध्यमबाट बन्छ। शरीरमा भएको पानीको मात्रा पनि बाहिर जानबाट जोगाउँछ। पानीलाई शरीरमा संरक्षण गरेर राख्छ। शरीरमा पानीको मात्रा न्यून भएको अवस्थामा छाला सुक्खा हुन्छ। सुक्खा छालामा अनेक किसिमका रोग लाग्न सक्छन्। त्यसकारण पानीको मात्रा बाहिर जानबाट छालाले पनि रोक्छ। पानीलाई संरक्षित गरेर राख्छ।
छालाको हेरचाह नगर्ने व्यक्तिलाई सोराइसिस, ड्रमाटाइटिस, लुतो, फंगल इफेक्सनलगायत समस्याले पिरोल्छ। जाडो मौसममा भेस्लिन, सन तथा मोइस्चराइजरयुक्त क्रिम घसेर छालालाई सुरक्षा प्रदान गर्नुपर्छ।
झ्वाट्ट हेर्दा कसैको छाला असामान्य देखिन्छ। शरीरमा भएका तन्तुबीच सन्तुलन नमिलेको अवस्थामा छालाको सेप नै असामान्य हुन पुग्छ। मान्छे तनावमा परेजस्तो देखिन्छ। असामान्य छाला देखिन्छ। घाउचोट नभएको छालालाई स्वस्थ मानिन्छ। छाला सुक्खा भयो भने छिट्टै चाउरिन्छ। झ्वाट्ट हेर्दाखेरि मान्छेको चमक हराएको झैं लाग्छ। जाडो समयमा छाला सुक्खा हुन्छ। हातखुट्टा फुट्ने, चिलाउने, कत्ला बस्ने, ओठ चिरिने र चाउरीपना देखिने हुन्छ। पर्याप्त पानी नपिउने, हरियो तरकारी, फलफुल नखानेहरूको छाला सुक्खा हुने हुन्छ। छाला अहिले जाडो मौसम छ। मौसम सुक्खा छ। हावामा पानीको कण नै छैन भने त्यस्तो अवस्थामा अनुहार र हातखुट्टाको छाला निकै सुक्खा हुन पुग्छ। अनुहार र हातखुट्टाको बाहिरी छाला फुट्छ। मौमसमा आउने आद्रताले छला सुक्खा गराउँछ।
डर्मिसमा हुने सिवाइसेस ग्रन्थी सक्रिय भयो भने चिल्लो पदार्थ उत्पादन गर्छ। हर्मोनका कारण नै सिवाइसेस ग्रन्थीले चिल्लो पदार्थ उत्पादन गर्छ। फलस्वरूप जवानीमा त्यो ग्रन्थी सक्रिय हुन्छ। टिनएजरमा हर्मोन सक्रिय भएको हुन्छ। हर्मोन सक्रिय भएको अवस्थामा छाला नरम हुन जान्छ। तर, त्यसको मात्रा बढी भएको अवस्थामा डन्डीफोरले सताउँछ। छाला धेरै चिल्लो हुने हुन्छ। त्यसैले हर्मोनको मात्रा पनि ठिक्क हुनुपर्छ। संवेदनशील छाला भएका महिलाहरू घाममा लामो समय बसे भने त्यसको असर तुरुन्तै परिहाल्छ। किरा, माटो, धूवाँधूलो मात्र नभएर चिसो पानीले पनि असर पु¥याउँछ। खासै कारण नभए पनि वंशाणुगत कारण पनि जिम्मेवार हुन्छ।
जाडोमा छालासम्बन्धी रोगले बढी सताएको पाइन्छ। छाला सुक्खा भएको अवस्थामा रोगले सताउँछ। छालाको हेरचाह नगर्ने व्यक्तिलाई सोराइसिस, ड्रमाटाइटिस, लुतो, फङ्गल इन्फेक्सनलगायतका समस्याले पिरोल्छ। जाडो भनेर मोटोबाक्लो लुगा लगाएर बस्दा गुम्सिने डर हुन्छ। औंलाको काप, खुट्टाको कापमा छालासम्बन्धी समस्या हुन्छ। घामले अनुहारमा असर पुर्याएर चायाँ पार्ने हुन्छ। तयस्तै, सुक्खा र घामको असरले पिटाराइसिस अल्वा हुन्छ। यो समस्या भएको छाला बढी सेतो देखिन्छ। सुक्खा छालाले छिटै चाउरीपना निम्त्याउँछ।
छालाको हेरचाह जाडो मौसममा निकै गर्नुपर्छ। बिहान उठेर मुख धुने, बेलुका सुत्नुअघि पनि धुनु राम्रो मानिन्छ। मुख धुँदा चिसो पानीको प्रयोग गर्नुपर्छ। बाहिर घाममा निस्कनुअघि सनस्क्रिम लगाउनु उपयुक्त हुन्छ। प्रदूषण र सूर्यको हानिकारक कीटाणुबाट जोगिन सनक्रिम वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। दिनमा दुईपटक बिहान र बेलुका मोइस्चराइजर क्रिम लगाइराख्नुपर्छ। यसले छालाको सुक्खापन हटाउँछ। छाला नरम र मुलायम बनाउँछ। छिटै चाउरिँदैन। छालालाई सामान्य र स्वस्थ्य अवस्थामा राख्न पानी नियमित पिउनुपर्छ। हरियो तरकारी फलफूल खाँदा छालालाई स्वस्थ र मुलायम राख्न सहयोग पुग्छ। सुक्खा र तारेको खानेकुरा खानुहुँदैन। प्रशस्त मात्रामा पानी पिउनु सबैभन्दा राम्रो हो। औसतमा तीन लिटर पानी पिउनु उपयुक्त हुन्छ।
जाडोबाट बच्न हिटर बालेर ताप्ने चलन पनि छ। तर लामो समयसम्म हिटरको तापमा बस्दा छाला सुक्खा हुन्छ। तातो त हुन्छ तर लामो समयसम्म बस्दा सुक्खा हुन्छ। आगो अगाडि बस्दा पनि समस्या हुन्छ। तसर्थ, लामो समयसम्म हिटर वा आगो अगाडि बस्नुहुँदैन। एसीले पनि कसैलाई नराम्रो गर्न सक्छ। हट वाटर ब्याग गर्दा राम्रो हुन्छ। तातो हावा फाल्ने पंखा पनि राम्रै हुन्छ। कोठाको तापक्रमलाई वृद्धि गराउँछ। न्यानो अनुभूति हुन्छ। बाक्ला एवं न्यानो कपडा लगाएर पनि छालालाई बाहिरी चिसो वातावरणबाट हुने असरबाट जोगाउन सकिन्छ।
(त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी उपप्राध्यापकसमेत रहेकी छाला तथा यौनरोग विशेषज्ञ डा. श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)