धेरै पढेका नेपाली कलाकारहरु



काठमाडौँ, २३ पुस २०७४ : पहिले नेपाली चलचित्र जगतमा कलाकार भएर भविष्य विग्रन्छ, पढेका मानिसहरु कला क्षेत्रमा जानु हुँदैन जागिर खानुपर्छ भन्नेहरु धेरै हुन्थे । तर अहिले समय परिवर्तन भएको छ । कलाकारिता संगै पढाईलाई निरन्तरता दिई यस क्षेत्रमा अब्बल ठहरिएका छन् । आज हामी तिनै कलाकारहरु जस्ले अध्ययनमा मास्टर डिग्री हासिल गरेका छन् उनीहरुबारे चर्चा गर्दैछौ ।

राजेश हमाल
पंजावस्थित चण्डीगढ क्याम्पसबाट अगं्रेजीमा डिग्री हासिल गरेका अभिनेता तथा टेलिभिजन प्रस्तोता समेत रहेका महानायक राजेश हमाल नेपालका धेरै पढ्ने सेलीब्रेटी मध्ये एक हुन । सयौं फिल्ममा अभिनय गरेका हमालले नेपाली फिल्म युगदेखि युगसम्मबाट अभिनय यात्रा सुरु गरेका थिए ।

संदिप क्षेत्री
कमर्समा डिग्री हासिल गरेका हास्य कलाकार संदिप क्षेत्रीले टेलिभिजनको पर्दाबाट सबैलाई हँसाएका छन् । उनको कार्यक्रम ह्वाट द फ्लप निकै चर्चित छ । संदिप कमेडिमा अब्बल देखिनुका साथै अध्ययनमा पनि अरुभन्दा अघि नै देखिन्छन् ।

राजा राजेन्द्र पोख्रेल
अंग्रेजी विषयमा मास्टर डिग्री गरेका राजा राजेन्द्र टेलिभिजनको पर्दामा खासै नदेखिए पनि स्टेजका कमेडि किंग बनिसकेका छन । उनी रेडियो मार्फत पनि सबैलाई हसाउँने गर्छन ।

प्रमोद पोखरेल
विज्ञान विषयमा मास्टर गरेका प्रमोद गीतसंगितमा लाग्नुभन्दा पहिले विज्ञान विषयका प्राध्यापक थिए । म बिना कसै कसैलाई मुस्किल छ पोखरामा यहि गीतबाट प्रमोद रातारात स्टार भएका थिए । त्यसपछि प्रमोदले कहिल्यै पनि फर्केर हेर्नु परेन । हाल उनी पूर्ण रुपमा यही क्षेत्रमा सक्रिय छन् ।

पशुपति शर्मा
समाजशास्त्रमा मास्टर गरेका पशुपति शर्मालाई उनका बुवाले डाक्टर बनाउने सपना देखेका थिए । तर उनले गाएक पेशा राजे । लोकसंगीतमा लागिसकेपछि उनले फेरी नेपाली विषयमा मास्टर गर्ने तयारी गरिरहेका छन् ।

प्रियंका कार्की
फिल्म निर्माणमा अमेरिकाबाट डिग्री हासिल गरेकी अभिनेत्री प्रियंका कार्कीलाई अभिनयका आधारमा धेरैले अब्बल अभिनेत्रीको रुपमा लिने गरेका छन् । नेपाली चलचित्र जगतमा उनी पढेकी र प्रतिभाशाली अभिनेत्रीमा गनिन्छिन् ।

केकी अधिकारी
कमर्शमा मास्टर डिग्री गरेकी अभिनेत्री केकी अधिकारीको करियर डान्स रियालिटी शो छमछमी बाट शुरु भई म्यूजिक भिडियो र फिल्म सम्म आइपुगेको छ । उनले चलचित्र स्वरबाट चलचित्र जगतमा प्रवेश गरेकी थिईन । केकी अध्ययन र करियर दुवैमा सफल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्