काठमाडौँ, २३ पुस २०७४ : अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको एक महिना पनि वित्न नपाउँदै सिउँदोको सिन्दुर पुस्न विवस भएकी नायिका स्वेता खड्का पुन विवाह गर्ने सोचमा पुगेकी छिन् । जुनी जुनी सँगै जिउने भनेर सात फेरो लगाएको महिना दिन पनि बित्न नपाउदै जनप्रिय नायक श्रीकृष्ण श्रेष्ठको असमाहिक निधनले नेपाली सिनेमा जगत मर्माहत भएको
थियो ।
स्वेतालाई अहिले घरपरिवार तथा साथीभाइबाट विवाहका लागि दबाब आएपछि विवाह गर्ने सोचमा उनी पुगेको बुझिएको छ । यद्यपि खड्काले दोस्रो विवाह आफ्नोमा नरहेको जबाफ दिँदै उम्कने गरेकी छिन् । अर्को विवाहको विषयमा दर्शकको चाहनाअनुसार अघि बढ्ने उनको भनाइ छ ।
स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठको निधनको भएको तिन वर्षपछि रजतपटमा पुन अभिनय गरेको तथा निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ बाट देशभर प्रदर्शनमा आउँदैछ ।