दाङ, २३ पुस २०७४ : आगामी माघ १ गतेदेखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार उपमहानगर कार्यपालिकाको बैठकले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
कार्यालयका नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु भाषामा आएका निवेदन दर्ता गरी कार्यसम्पादन र सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।