एजेन्सी २३ पुस २०७४ : भारतका निकै चर्चित योग गुरु, आयुर्वेका ज्ञाता तथा आयुर्वेदिक उत्पादक कम्पनी ‘पतंजली’का संस्थापक बाबा रामदेवको जीवनीमा आधारित पुस्तक प्रकाशन भएको छ। लेखक कौशिक डेकाले लेखेको पुस्तक ‘द बाबा रामदेव फेनोमेनन : फ्रम मोक्ष टु मार्केट’ किताब सार्वजनिक भएको हो । यस पुस्तकले रामदेवसँग जोडिएको धेरै रहस्य तथा रोचक तथ्यहरुबारे चर्चा गरिएको छ ।
किताबमा बाबा रामदेवले किन विवाह गरनेन् भन्ने बारे पनि लेखिएको छ । किताबमा भनिएको छ, ‘सरसस्वतीको किताब ‘सत्यार्थ प्रकाश’ पढेपछि बाबा रामदेवको जीवन पूर्ण रुपले परिवर्तन भयो । यस किताबमा ब्रम्हाचार्यको बारेमा लेखिएको छ । यसैबाट शिक्षा लिएर बाबा रामदेव स्कूल पढ्ने समयदेखि नै ऋषिहरुले जसरी जीवन जीउने प्रयास गर्न थाले ।’ सरस्वतीको यही पुस्तक पढेपछि रामदेवले कहिल्यै विवाह नगर्ने प्रण लिए र सँधै ब्रम्हाचार्यको पालना गरेको किताबमा उल्लेख गरिएको छ ।
पुस्तक ‘सत्यार्थ प्रकाश’को पहिलो भागमा नै ‘ॐ’को उत्पति र महत्वका बारेमा बताइएको छ । बाबा रामदेवलार्य ॐ शब्दप्रति निक्कै लगाव भयो । उनले फोनमा समेत सँधै ‘हेलो’को ठाउँमा ‘ॐ’ बोल्ने तय गरे र आज पनि रामदेव यसै गर्छन् ।
बाबा रामदेवको जन्म २५ डिसेम्बर १९६५ भारतको हरियाणा महेन्द्रगढको सैयदपुर गाउँमा भएको थियो । उनको बाल्यकालको नाम रामकृष्ण यादव थियो । गाउँको सरकारी स्कूलमा पढ्ने क्रममा घरबाट भागेका थिए । त्यसपछि, उनले हरियाणाको खानपुरको एक गुरुकुलमा भर्ना भए । वेद, वेदान्त र दर्शन शास्त्रको अध्ययन गरेपछि रामकृष्ण यादवबाट बाबा रामदेवको रुपमा विश्वमा अघि आए । भारतको सबैभन्दा ठूलो योग गुरुको रुपमा बाबा रामदेवले आफ्नो पहिचान बनाएका छन् । उनको पतंजलि योगपीठको मुख्य कार्यालय हरिद्धारमा छ । रामदेवको यो पतंजलि ब्रान्डको मुल्य करिब २ हजार करोड भारु मानिन्छ । बाबा रामदेवको उद्देश्य यस बर्ष कम्पनीलाई ५ हजार करोडसम्म पुर्याउँने रहेको छ ।