आजको राशिफल, कुन राशिको कस्तो योग



मेष राशि

मेष राशि: रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शिक्षामा सफलता पाईनेछ । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ ।

मिथुन राशि

मिथुन राशि: प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आर्थिक सङ्कटमा परिएला । शिक्षामा अवरोध आउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

सिंह राशि

सिंह राशि: महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

तुला राशि

तुला राशि: अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना बढ्नेछ ।

धनु राशि

धनु राशि: आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कुम्भ राशि

कुम्भ राशि: लाभदायक यात्रा नहोला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ ।

बृष राशि

वृष राशि: विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । पार्टनसीपमा सफलता मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ ।

कर्कट राशि

कर्कट राशि: पढाइ लेखाइमा प्रगति हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या राशि

कन्या राशि: धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक राशि

वृश्चिक राशि: बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

मकर राशि

मकर राशि: दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन राशि

मीन राशि: आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । हाम्रो पात्रोबाट, नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्