स्कुलमा शिक्षकको रूपमा रोबोट नियुक्त



एजेन्सी, सुन्दा अचम्म लाग्ला एउटै शिक्षक कसरी २३ वटा भाषामा पढाउँदछ भन्दा । तर, वास्तविक हो । २३ भाषामा पढाए पनि मान्छे भने होइन रोबोट हुन् त्यो पनि १ फुट अग्ला मात्रै हाइट छ । यो कुरो हो फिनल्याण्डको । फिनल्याण्डको एक स्कुलमा शिक्षकको साट्टो रोबोटोलाई नियुक्त गरिएको छ ।

प्रतिनिधि तस्बिर

उक्त रोबोट टिचर निकै क्षमतावान छ । त्यो शिक्षकको क्षमता र दक्षता देख्दा विद्यार्थी त दंग छन् नै अन्य शिक्षकहरू अचम्मित छन् । फिनल्याण्डको टेम्परीस्थित एक प्राथमिक विद्यालयमा एउटा रोबोटलाई परीक्षणको रूपमा शिक्षकको जागिर दिइएको छ ।

यो रोबोटले २३ वटा भाषामा पढाउँदछ । विद्यार्थीहरूले अनेक खालका प्रश्न सोधिरहँदा पनि यसले झर्को मान्दैन, रिसाउँदैन । हरेक प्रश्नको शान्तपूर्वक जवाफ दिन्छ । जब विद्यार्थीहरू पढाइबाट थाक्दछन् तब त्यो शिक्षक गंगनम स्टाइलमा नाचेर विद्यार्थीलाई मनोरञ्जन दिन्छ ।

यसको नाम एलियास हो । सफ्टबैंकको एनएओ इन्टरेक्टिभ क्याम्पेनियन रोबोट कार्यक्रम अन्तर्गत यो रोबाट विकसित गरिएको हो । रोबोटको सफ्टवेयर प्रोग्राम युटेलियास नामक कम्पनीले डिजाइन गरेको हो ।

यो रोबोटबाट पढाउनुको एक खास उद्देश्य छ स्कुलको । यसरी रोबोटबाट पढाउँदा विद्यार्थीको शैक्षिक स्तर सुधार्न सकिन्छ कि ? भन्ने कुराको अध्ययन यसमार्फत भइरहेको छ ।

अहिले यो रोबोट शिक्षकको परीक्षणकाल चलिरहेको छ । तर यसको क्षमता हेर्दा यसलाई स्थायी शिक्षक हुन धेरै बेर लाग्ला जस्तो लाग्दैन ।

यो विद्यालयमा एलियास नामक उक्त बहुभाषी रोबोट शिक्षक मात्र होइन । गणित पढाउने ओबोट नामका ३ वटा थप रोबोट शिक्षक पनि छन् । यो रोबोटले पढाउँदा विद्यार्थीहरूमा अध्ययन गर्ने रुचि थपिएको बताइएको छ । रोबोटले विद्यार्थीलाई पढ्नका लागि रुचीकर तरिकाले उत्प्रेरित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्