काठमाडौँ, १८ चैत । महानगरपालिकाले विभिन्न स्थानमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याउने भएको छ । महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा सञ्चानलनमा ल्याउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने भएको हो । सो सेवा सञ्चालन गर्न महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच सम्झौता भएको छ । आइतबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
२ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने गर्ने वर्ल्ड लिकंं कम्पनीले जनाएको छ ।