काठमाडौं, २३ चैत
हाम्रो आकाशगङ्गा ‘मिल्की–वे’को केन्द्रमा एक दर्जन जति ब्लाक होल हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
एक नयाँ विश्लेषणले आकाशगङ्गाको केन्द्रमा रहेको ‘अति भिमकाय ब्लाक होल’लाई साना ब्लाक होलहरुले घेरेको हुन्छ भन्ने दशकौैं पुरानो अनुमानलाई सहि देखाएको छ ।
यसको अध्ययन ‘न्याचर’ जर्नलमा विस्तृतमा छापिएको छ ।
न्यु योर्कस्थीत कोलम्बिया विश्वाविद्यालयका प्रध्यापक चाल्स हेले र उनका सहकर्मीहरुले नासाको चन्द्र एक्स–रे दुरदर्शक यन्त्रबाट प्राप्त सूचनाको प्रयोग गरेर यो निष्कर्ष निकालेका हुन् ।
अध्ययनबाट तिनले एक दर्जन निस्क्रिय र न्युन पिण्डको “बाइनरी प्रणाली’ को ब्लाक होल पत्ता लगाए । यी प्रत्यक ब्याक होल एक न्युन पिण्डको तारासँग मिलेर रहेकाले यसलाई ‘बाइनर प्रणाली’ भनिएको हो।
हाम्रो आकाशगङ्गा ‘मिल्की वे’ को केन्द्रमा रहेको भनिएको ‘स्यागिट्टारियस ए’ नामक ‘अति भिमकाय ब्लाक होल’ ग्यासको र धुलोको विशाल पिण्डले घेरिएको छ । यी ग्यास र धुलोले विशाल तारा निर्माणको वातावरण तयार गर्छ ।
यी विशाल तारा आफ्नो जीवनको अन्त्यमा ब्लाक होलमा बदलिन्छ । र यी ब्लाक होल ‘अति भिमकाय ब्लाक होल’को गुरुत्वका कारणले आकाशगङ्गाको केन्द्र नजिक नै रहन्छ ।
यसरी बनेका ब्याक होलले आफ्नो छेउबाट गुर्जिरहेका ताराहरुलाई तानेर आफू वरिपरि घुम्ने बनाउछन र ‘बाइनरी प्रणाली’ निर्माण गर्छ ।
यी ब्लाक होल पत्ता लगाउन ‘बाइनरी प्रणाली’ले कहिले काहीँ उत्सर्जन गर्ने एक्स रेको विस्फोटको पहिलेदेखि खोज गरिएको थियो ।
“एक्लै रहदा ब्लाक होल कालो हुने बाहेक अन्य काम गर्दैन तर जब तिनले अन्य न्यून पिण्डको ताराहरुसँग जोडी बनाउछन् तिनले एक्स रेको विस्फोट अन्तरिक्षमा फ्याक्छ ।” प्रो हेलेले भने ।
“आकाशगङ्गाको केन्द्र पृथ्वीबाट निक्कै टाढा भएकाले यी विस्फोटहरु सय वा हजार वर्षमा एक पटक मात्र अवलोकन गर्न सकिन्छ ।” हेलेले थपे ।
‘एक्स रे’ को खोजको क्रममा नासाको चन्द्र दुरदर्शक यन्त्रले संकलन गरेको सूचनाहरुमा अति भिमकाय ब्याक होलको ३ प्रकाश वर्षको दुरीमा १२ वटा न्युन पिण्डको तारा सहितको ब्लाक होलको ‘बाइनरी प्रणाली’ पत्ता लागेको थियो । -बीबीसी