आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल चैत २७ गते। मंगलबार। इश्वी सन् २०१८ अप्रिल १० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– दशमी, २९:०९ बजेउप्रान्त एकादशी। नक्षत्र– श्रवण, २२:१४ बजेउप्रान्त धनिष्ठा। योग– साध्य, २८:३० बजेउप्रान्त शुभ। करण– वणिज, १६:१७ बजेदेखि भद्रा, २९:०९ बजेउप्रान्त वव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:२५ बजे र दिनमान ३१ घडी ३६ पला। भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्य पुरा होलान् । घुमघाम र भेटघाटको समय छ । पारिवारिक सहयोग मिल्ला । मेवामिष्ठान्न र परिकार मिल्नेछ ।
बृष
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य सम्पादनमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ, हानी, आय, व्यय, सुस्ख, दुःख वरावरी मध्यम खालको दिनछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रशस्त धनार्जन गर्ने अवसर पाउनुहुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर व्यवहारमा फितलो आउन सक्नेछ । सहकर्मी बाट विरोध आउला । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
बृश्चिक
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भूमि लाभ रहला । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिक व्यक्तिबाट धोका पाईन सक्छ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मुल्यांकन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । विद्यामा सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्राे पात्राेबाट