पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ५ गते बुधवार। इश्वी सन् २०१८ अप्रिल १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– तृतीया, २७:३३ बजेउप्रान्त चतुर्थी। नक्षत्र– कृत्तिका, २६:३० बजेउप्रान्त रोहिणी। योग– आयुष्मान्, १९:१० बजेउप्रान्त सौभाग्य। करण– तैतिल, १६:२८ बजेदेखि गर, २७:३३ बजेउप्रान्त वणिज। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मेष, ९:१६ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ०७ पला। परशुराम जयन्ती। अक्षय तृतीया। भक्तपुरमा भैरवभद्रकाली रथयात्रा। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवम् अलंकार प्राप्ति हुनेछ ।
बृष
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । आर्थिक कारोवारमा बिवाद बढ्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
बृश्चिक
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चोटपटकको भयपनि छ सचेत रहनुहोला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । – ज्यो.प.नारायणप्रसाद दुलाल