अठार वर्षपछि बैंक स्थापना



२० जेठ २०७५, स्याङ्जा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ ।

२०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरेका थिए ।

सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताएका थिए । बैंकको सेवा सर्वसाधारणको पहुँचमा पुर्याएर यस क्षेत्रको आर्थिकस्तर सुधार गर्नका लागि पनि यस कार्यले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी स्वामित्वमा सञ्चालित बैंकले यस क्षेत्रको आर्थिक विकासका साथै बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पुर्याउन लागिपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्