०७ असार २०७५, काठमाडौँ
रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । प्रसाईले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।
दमकको सिद्धार्थ बोर्डिड स्कुल कक्षा-९ मा अध्ययरत रेमनले घरैमा कम्प्युटर चलाउँदै गर्दा अनलाईनमा आएका विभिन्न कुरा सिक्दै जादा कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिया दिएका छन् ।
सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन् ।
सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पत्याएको उनले बताए ।