तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट सानुमाया तामाङ निर्वाचित



०१ असोज २०७५, न्युयोर्क

२०१८ सेप्टेम्बर १५ मा सम्पन्न तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्वाचित भएको छ ।

प्रमुख निर्वाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्वाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्तले जनाएका छन् ।

कुल १९ सदस्यीय तामाङ समाज अमेरिकाको कार्य समितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य कार्य समितिमा मनोनित गर्ने प्रावधान रहेको प्रस्तावित विधान प्रस्तोता लुईसाङ वाईवा तामाङको भनाइ छ ।

नवनिर्वाचित कार्य समिति निम्न किसिमको रहेको छ ।
अध्यक्ष
– सानुमाया तामाङ
वरिष्ठ उपाध्यक्ष – ब्रजेश मोक्तान
उपाध्यक्ष – सुमित्रा योन्जन
महासचिव – बुद्दिमान तामाङ
सचिव – विनिता तामाङ
कोषाध्यक्ष – फुरु लामा
सह-कोषाध्यक्ष – सजुन थोकर

बोर्ड अफ डिरेक्टर:
उनिशा थीङ (छोईसाङ)
रिनु लामा
विष्णुमाया मोक्तान
रोजबहादुर घिसिङ
अरुणा रुम्बा
दिलमाया तामाङ
विष्णु तामाङ
दिपेन्शा लामा
तुलबहादुर तामाङ

तामाङ समाज अमेरिकाले तामाङहरुको मौलिक संस्कृतिलाई निरन्तरता दिदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने अध्यक्ष सानुमाया तामाङले बताईन् । यथास्थितिवादी सोचबाट उन्मुक्त भएर नयाँ ढंग र शैलीबाट तामाङ समाज अमेरिकाले सामुदायिक गतिबिधि संचालन गर्ने र नेपाली डायस्पोरामा नयाँ परिवर्तन ल्याउने प्रसिवद्धता उनले गरिन् । “रि-डीफाइनिङ कम्युनिटी एक्टिभिजम् इन् नेपाली डायस्पोरा” भन्ने प्रमुख नारालाई तामाङ समाज अमेरिकाले आत्मासाथ गरेको र सोहि अनुसार आफु अगाडि बढ्ने विश्वास अध्यक्ष सानुमाया तामाङले दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, पूर्व तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षद्वय भरत मोक्तान तामाङ र शान्त थोकर, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव भोजराज थोकर, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सह- संयोजक तथा महासमिति सदस्य वेद खरेल, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, मधेशी एसोसियशन इन् अमेरिकाका वरिष्ठ उपाध्यक्ष सतेन्द्र साह, रिजवुड नेपाली समाजका अध्यक्ष रबि किरण कोइराला, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङ् छिरिंग शेर्पा, एन.आर.एन. अमेरिकाका महासचिव बि.आर.लामा, नेपाली जनसम्पर्क समिति अमेरिका लंग आईलेण्ड शाखाका अध्यक्ष विश्व वास्तोला, लंग आईलेण्ड नेपाली समाजका महासचिव राजन गौली लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्