एउटै चट्टानबाट निर्मित विश्वका सबैभन्दा ठूला मूर्ति (फोटो फिचर)



संसारमा धेरै ठुलाठुला मूर्ति बनेका छन्, ती मध्ये केही यस्ता बनेका छन् जसले विश्वलाइ चकित बनाउछ । कुनै त यस्ता हुन्छन् ठुलाठुला पहाडलाई काटेर मूर्तिको आकारमा कलात्मक ढंगबाट निर्माण गरिएको छ।

श्रवणबेलगोला मसूर
भारतको राज्य कर्नाटकस्थित मैसूर शहरमा रहेको श्रवणबेलगोला मैसूरबाट करीब ८४ किलोमिटरको दुरीमा पर्ने आकर्षण गोमतेश्वर बाहुबलि स्तम्भ हुन् । उक्त स्तम्भ रचमल्लको शासनकालमा चामुण्डराय नामक मन्त्रीले लगभग ९८३ फिटमा बाहुबलिको ठूलो जैन मूर्तिको निर्माण गराएका थिए । यो प्रतिमा ६५ फुट भन्दा पनि धेरै माथि छ ।

चीनमा बुद्धको विशाल मूर्ति
चीनमा येलो नदी किनारमा क्यानियनमा विशाल एक बिङलिङ मन्दिर रहेको उक्त मूर्ति शान्तिका अग्रदूत गौतमबुद्धको हो । यो मूर्तिको उचाई १०० फिट रहेको छ ।

स्ट्याचु अफ शापर पेरथम इरान
द्वितीय सैसानियन राजा शापर प्रथमको मूर्ति २१ फिट उचाईमा स्ट्याच गुफामा तयार गरिएको थियो । १४ औ शताब्दीपछि यसलाई भूकम्पले केही क्षति पुर्याएको थियो ।

अवुकाना बुद्ध प्रतिमा केकरीवारा, श्रीलंका
४० फिट उचाईमा रहेको बुद्धको प्रतिमा हो । ५ औ शताब्दीमा यसलाई निर्माण गरिएको थियो । यसको निर्माण एउटै ग्रेनाइटबाट बनाइएको थियो ।


तीर्थकर मूर्ति ग्वालियर, भारत
भारतको ग्वालियर यो मूर्ति पुरै विश्व प्रसिद्ध छ । मध्यप्रदेशको ग्वालियर शहरमा एउटा पहाडको चट्टानलाई १०० भन्दा बढी तीर्थकर मूर्ति बनाइएको छ ।

ग्रेट स्फिंक्स-गीजा
विश्वको सबैभन्दा प्राचीन तथा विशाल मूर्तिमध्ये एक ‘ग्रेट स्फिंक्स’ हो । अर्कियोलोजीको लागि यो ग्रेट स्फिंक्स एउटा गम्भीर मुद्दा बनेर बसेको छ ।

भगवान बुद्धको विशाल मूर्ति-लेशान, चीन
चीनको लेशानमा ढुंगामा बनाइएको भगवान बुद्धको मूर्ति २३३ फिट अर्थात करीब ७१ मीटर अग्लो छ । यो मूर्ति शिजुओको पहाडमा आठौ शताब्दीमा बनाइएको हो ।

ल्यूसर्नमा मरेका सिंह-ल्यूसर्न, स्विट्जरल्याण्ड
यसको निर्माण १८१८ मा शुरु भएर १८२१ मा पूरा भएको यो ३३ फिट लामो तथा २० फिट चौडाइको छ ।

माउन्ट रुश्मोरे -साउथ डकोटा, यूनाइटेड स्टेट्स
रुश्मोरेको निर्माण सन् १९२७ मा शुरु भएको थियो भने यसको पूरै निर्माण हुन १४ वर्ष लागेको थियो । यसमा अमेरिकाको चार राष्ट्रपति जा‘र्ज वाशिंगटन, थोमस जफरसन, थियोडोर रूजवेल्ट तथा अब्राहम लिंकनको मुखाकृति बनाइएको छ ।


स्ट्याचू अफ डेसेबालस – ओर्सोवा, रोमानिया
रोमानियाको ओर्सोवामा अवस्थित यो मूर्ति १३१ फिट अर्थात ४० मीटर उचाईमा डेन्यूब नदी किनारमा बनाइको छ ।

द प्पेन्निने कोलोसस –फ्लोरेंस, इटली
यसको निर्माण विला मेडिसीको बगैंचामा सन १५७९ मा गरिएको थियो । यस भित्र धेरै फाउंटेन तथा ओर्केस्ट्राका लागि एउटा छोटो कक्ष बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्