५५ फिट लामो कपाल भएकी युवती जसले राखिन् विश्व रेकर्ड ( भिडियो सहित )



कपाल महिलाको प्रमुख सौन्दर्यको गहना मध्येको एक हो । बाटोघाटोमा युवतीले कपाल चिटिक्क पारेर हिंडेको देख्दा जो कसैको पनि मन लोभिन्छ । कपाललाई बिभिन्न डिजाइनमा सजाएर युवतीअरु आकर्षित देखिने गर्छन । तर, फ्लोरिडाकी आसा मन्डेलालाई आफ्नो कपाल लामो भएका कारण हैरानी भएको छ । उनको कपालको लम्बाइ ५५ फिट छ भने तौल २० किलो छ ।

बाटोघाटोमा हिड्डुल गर्दा उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । हिँड्दा एकजनाले उनको २० किलोको कपाल बोकेर हिड्नुपर्छ । उनको कपाल एकपटमा नुहाउनका लागि ६ बोतल स्याम्पु लाग्छ भने कपाल सुक्न तीन दिन लाग्छ । जाडो मौसममा उनी चिसो कपालसँगै सुत्ने गर्छिन् ।

कपाल निकै लामो भएपछि उनले बिगत २५ वर्षदेखि कोर्न छोडेकी छिन् । लामो कपाल भएका कारण केटाहरुले आफुसँग विहे गर्न नमानेको उनले बताएकी छन् । अचानक उनको एउटा हेयर ड्रेसर युवकसँग माया बस्यो र पछि उनीसँगै विहे भयो त्यस पश्चात उनको कपाल समालिदिने उनका श्रीमान् भएका छन् ।

लामो कपालका कारण उनको टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिंदै आएका छन् । तर उनले कपालको मोडलिङबाट लाखौँ डलर कमाउने भएका कारण उनले कपाल काट्न अस्विकार गर्दै आएकी छन् । संसारको सबैभन्दा लामो कपाल उनकै नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ ।

प्रतिक्रिया दिनुहोस्