८५ वर्षीय बृद्धले ७७ माइल यात्रा गरी सबैलाई पारे अचम्मित



८५ वर्षीय बेलायती जोफ ओलिभरले ७७ माइल यात्रा गरी सबैलाई अचम्मित परेका छन् ।

यसअघि उक्त उमेरका कसैले यती लामो दूरी पार गर्न सकेका छैनन् । यो दौडको भिडियो बिबिसीका पत्रकार सोफी रर्थले सार्वजनिक गरेपछि उनको चौतर्फी प्रसंसा भएको छ ।

पत्रकार सोफीले ‘किन दौडनुभयो ?’ भनेर प्रश्न गर्दा ओलिभरले जवाफ दिएका छन्, ‘सम्भवतः केही पागलपन ! तर हामी सधैँ संघर्ष गरिरहनुपर्छ ।’ उनले यसअघि पनि धावनमै दुई विश्व रेकर्ड कायम गरिसकेका थिए ।

जोफले तय गरेको दूरी १ सय २३ किलोमिटर हो । जुन सामान्यतः युवावस्थामै पनि २४ घण्टाभित्र पार गर्न कठिन हुन्छ । ८५ वर्षका जोफले यति लामो दूरी पार गर्दा विश्वमा धेरै मानिसहरु अचम्मित परेका छन् । जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो ।

प्रतिक्रिया दिनुहोस्