०९ मङ्सिर २०७५, काठमाडौं
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन टोखा नगर अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले टंक कुमार चापागाँईको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो ।
शनिबार बसुन्धारामा सम्पन्न अधिवेशनले बेखानारायण डङ्गोल उपाध्यक्ष, अरुण के.सी. सचिव, बिमला अधिकारी सहसचिव श्रीरामकृष्ण पौडेल कोषाध्यक्ष, सदस्यहरु बाशु देब दुलाल, महेस पाण्डे, डील्लीराम ढुङ्गेल, दिपेन्द्र थापा,राजेन्द्र श्रेष्ठ र प्रदिप भुसाल लाइ चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले निजी क्षेत्रमा सञ्चालीत बिद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगती हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा सबै एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार गोपाल आचार्यले स्थापनाकाल देखीनै प्याब्सनले सङ्घर्षका हरेक चरण सफलतापुर्बक पार गरेको र थुप्रै लक्ष्य हासिल गरेको बताउनु भयो । कार्यक्रममा काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार थकिन गुरुङले सरकारले शिक्षामा निजी क्षेत्रको लगानीलाई स्विकार गरेको बताउनु भयो ।
नवनिर्वाचित अध्यक्ष टंक कुमार चापागाँइले परिवर्तन खबर डटकमसँग संक्षिप्त कुराकानिमा आफुले जीम्वेवारीलाइ महत्वपूर्ण उपलब्धिमा रुपान्तरण गर्ने बताउनु भयो । जुन ढंगले साथिहरुले विश्वासका साथ मलाई नेतृत्वमा पुर्याउनु भएको छ यसलाई म चुनौतीको रुपमा लिदैं अध्यक्ष चापागाँइले यस क्षेत्र भित्र रहेका विद्यालयहरुमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापती तथा काठमाडौं प्याब्सनका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख प्रेम राइले टोखा नगर कार्य समिती निर्विरोध ढंगले निर्वाचित भएकोमा सबैलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै आगामी दिनमा शैक्षिक उपलब्धी हासिल गर्न सबैको सहकार्य आवस्यक रहेको बताउनु भयो ।