१२ मङ्सिर २०७५, काठमाडौं
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन शंखरापुर नगर अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले लकस श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो ।
शंखरापुरमा सम्पन्न अधिवेशनले किसोर थापा सचिव, अनुप पौडेल कोषाध्यक्ष, सदस्यहरु प्रल्हाद बास्तोला, सत्य लक्ष्मी श्रेष्ठ, जयराम सापकोटा र दिपेन्द्र महर्जनलाई चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठले प्याब्सनले संविधान प्रदत्त राज्य संरचना अनुसार नेपाल भरि नै स्थानीय स्तरमा अधिवेशन गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “नेपालका हरेक गाँउ नगर तथा विभिन्न स्थानमा प्याब्सनले गतिशील मजवुत एवं संगठित रुपमा अधिवेशन गरिरहेको छ, यो हामी र हाम्रो लक्ष्यलाई पुरा गर्ने दीशातर्फ छ, यसले नै हाम्रो शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”
कार्यक्रममा बोल्दै काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष गोपाल आचार्यले निजी विद्यालयले राज्यलाई शैक्षिक विकासमा योगदान गरेर, कर तिरेर, रोजगार सिर्जना गरेको उल्लेख गर्दै भन्नुभयो राज्यले सामाजिक सुरक्षाको कार्यक्रम गरेर निकै राम्रो काम गरेको छ अब हामीलाई राज्यले यि विषय वस्तुमा सहयोग पुर्याउनु पर्दछ ।
पूर्व अध्यक्ष थकिन कुमार गुरुङले शंखरापुर नगरपालिकामा शैक्षिक हब बन्ने सम्भावना रहेको बताउनु भएको छ । गुरुङले भन्नुभयो यहाँ राम्रो वातावरण छ, खाली चौर तथा कम बस्ती भएको र हरेक दृष्टिकोणले आवासिय विद्यालय एवं सो सँग सम्बन्धीत संरचना निर्माण गर्न पनि सम्भव भएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष लकस श्रेष्ठले परिवर्तन खबर डटकमसँगको संक्षिप्त कुराकानिमा सबैले विश्वास गरेर दायित्व सम्पन्न भएको छ, यो वास्तवमै चुनौतिपूर्ण छ । उँहाले भन्नुभयो जसरी विश्वास गरेर अध्यक्ष बनाउनु भएको छ, त्यो भन्दा राम्रो कार्य गरेर मैले कर्तव्य निर्वाह गर्नु पर्छ ।
परिबर्तन खबर संग कुरा गर्ने क्रममा काठमाडौं प्याब्सनका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख प्रेम राइले काठमाडौँ महानगरपालिका सहित बाँकी रहेका नगरपालिकाहरुमा मंसिर १५ सम्ममा अधिवेशन सम्पन्न हुने बताउनु भयो ।
बुद्धि बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रल्हाद बास्तोलाले गर्नु भएको थियो ।