१६ मंसिर २०७५, काठमाडौं
आजको युवा पुस्तामा मोटोपना एउटा समस्या जस्तै बनेको छ । मोटोपना बढेपछि शरीरको तौल, पेट ह्वात्तै बढ्न थाल्छ । त्यसपछि तौल घटाउनका लागि मानिसहरु जिम जाने, ब्यायाम गर्ने र पसिना निकाल्ने गर्छन् । यतिमात्रै नभएर खानेकुरा रोज्न थाल्दछन, त्यस्तै परे डाइटिङ नै सुरु गर्छन् ।
यो सब गर्दा पनि केही प्रभाव नपर्दा निराशा मात्रै हात लाग्छ । तर जिराको प्रयोगबाट तपाईले कुनै मिहेनत बिना नै आफ्नो तौल कम गर्न सक्नुहुन्छ । किनकि शरीर को तौल घटाउने अचुक औषधी हो जिरा । कसरी जिरा को प्रयोगले शरीरको तौल घट्छ भन्ने बारे यहाँ चर्चा गरेका छौं ।
दैनिक एक चम्चा जिराको सेवनबाट तीन गुना मोटोपना कम गर्न मद्दत पुग्छ । पानीमा भिजाएर जिरा खाँदा मोटोपनि तिब्र गतिमा कम गर्न सकिन्छ । ८८ जना मोटी महिलामा गरिएको एक अध्ययन अनुसार जिरा सेवन गर्ने महिलाहरुको तौल निकै कम पाइएको थियो ।
जिराले शरीरमा थप क्यालोरी उत्पादन गर्छ र मेटाबोलिज्म वृद्धि गरेर तपाइको पाचन शक्तिलाई सक्रिया बनाउँछ । जिरा तौल कम गर्न निकै उपयोगी सावित भएको छ ।