जंकफुडले बालबालिकामा  पारेको प्रभाव



१९ मङसिर २०७५, काठमाडौं

ओमकुमार मगर

स्वास्थ्य नै जीबनको धन हो । स्वस्थ्य खाना स्वस्थ्य शरीर भन्ने नारा हामी कतिले सुनेका छौ ? यो नारालाई हाम्रो जिवनमा कार्यान्वयन गर्न सके यसले हामीलाई स्वस्थ्य बन्न सहयोग गर्दछ । हामी रोगी हुनुमा, आयु कम हुनुमा हामीले खाने गरेको खाना पनि एक महत्वपूर्ण कारक तत्व हो । अहिलेको पुस्तामा जंक फुड खानेको संख्या ह्वात्तै बढेको छ । बिशेष त यो खाना  स्वादिलो, गुलियो मिठो र मुखमा झुण्डिरहने, पैसा र समय बचत हुने, सस्तो मूल्यमा जहाँ पनि जता सुकै सहजै पाइने र बनाउन पनि छिटो हु्ने, बोक्न सजिलो र हेर्दा पनिे सुन्दर मन लोभ्याउने तरिकाले प्याक गरिएको  हुनाले पनि अधिकांश मानिसहरु यहि खाना खाइरहेको छन् । कम्पनीहरुले आफ्नो बिज्ञापनको लागि रेडियो टेलिभिजनमा  मिनेट मिनेटमा आकर्षक तरिकाले बिज्ञापन बजाइदिने र पत्रपत्रिकाको हेडलाईनका पानाभरी आकर्षक तरिकाले फोटो हाल्दा जंक  फुड कस्तो हुन्छ भनेर स्वाद लिनको लागि पनि खाइरहेको हुन्छन्, र स्वाद लिएपछि  बारम्बार खान मन लाग्ने मन्द नशालु चिज मिलाइएको हुन्छ किनभने यो तयार पार्दा कृतिम स्वाद, रङ्ग र रसायानिक पदार्थ मिलाई स्वादिलो खाउँखाउँ लाग्ने बनाइएको हुन्छ । अभिभावकहरुले छोराछोरीलाई खाजा पकाउने झन्झट र समय अभावले पैसा दिएर  खाजा किनेर खाउ भन्दा पनि यो क्रम बढेको देखिन्छ ।  त्यसैले एउटा भनाइ छ  अहिलेको पुस्तामा  अभिभावकले आफ्नो छोराछोरीलाई आफ्नो आयू भन्दा  १० बर्ष कम उमेरको आर्शिबाद दिइरहेका छन् ।

क) यो खाना ६ बर्षदेखि १२ बर्ष सम्मको बच्चाहरुले अत्याधिक प्रयोग गरेको देखिएता  पनि २००८ मा चीनमा गरेको एक  सर्बेक्षणले  ८ देखि १६, बर्ष उमेरका बालबालिकाहरुको समूहले बढी प्रयोग गर्ने गरेको देखाएको छ । यो खानाको सेवनले बालबालिको बृद्धि र बिकासमा  असर मात्र गर्देन बिकेन्द्रकरण गर्ने तथा चञ्चल उत्ताउलो हुने भावना र बानी ब्यबहरमा समेत ठूलो असर पार्दछ । अहिले हामी खाना खाँदा  स्वस्थ्य शरीरको लागि भन्दा पनि जिब्रोको स्वादको लागि खाना खाने हुँदा रोगहरुले आक्रमण गर्ने गर्दछ । यो खानाको सेवने हाम्रो स्वास्थ्यमा निम्न प्रकारको असरहरु पार्दछ :

१. जंकफुडमा बढी चिल्लो, सुगर र क्यालोरीको मात्र उच्च हुने भएकोल मोटाउनुको साथै भद्दापन हुने ।
२. खाना नपच्ने तथा पाचन प्रणालीमा समस्या ल्याउने  ।
३. मष्तिष्कको कार्यमा सुस्ती तथा  डिप्रेशन गराउने  ।
४. मुटुको रोग लाग्ने, मृगौला तथा  कलेजो बिगार्ने  ।
५. थकाई लाग्ने,कमजोर हुने, अल्सर हुने ,पेट दुख्ने ,कब्जियत हुने ।
६. उच्च रक्तचाप हुने ,ब्लड बाक्लो हुने
७. शरिरमा सुगरको लेभल घटबढ हुने  तथा टाइप टु डायबिटिज  गराउने।
८. दाँत तथा गिजा बिग्रने ।

नियमित हामीले खाएको खानाबाट शरिरको  हार्मोनहरु प्रिवर्तन भई बृद्धि हुदै जाने क्रममा यसको असरले सेलको बिकाश असमान्य भई क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।

ख) शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्व नगन्य अथवा एकदमै कम मात्रामा पाइने र सबैथरी खानेकुरालाई  मिसाई बनाएको खानेकुरालाई हामी जंक फुड भन्दछौं । जंक को अर्थ थुप्रो अथवा कलेक्सन र फुडको अर्थ खाना भन्ने हुन्छ  तसर्थ यसरी सबै मिसाइएको खाना नै जंकफुड भन्ने बुझिन्छ । यो उत्पादन गर्दा पटक पटक प्रशोधित गरेर तयार गरिएको हुनाले प्रायजसो जंकफुडमा पानीको मात्रा शुन्य बराबर हुन्छ । हामो शरिरको लागि आवश्यक भिटामिन, खनिज, प्रोटिन, आइरन जस्ता तत्वहरु जंकफुडमा पाइदैन ।

ग) सामान्यतया जंकफुड भित्र फ्राइ गरेको खाना, चिप्स, ,चकलेट, आइसक्रिम, क्यान्डी, दुनोट, ब्रगर,स्याण्डवीच, डिप प्राइड चिज, स्टीक, हट डग, चिकेन नगेट, पास्ता ,कोक, फेन्टा, स्पाराइट, कोक, पपकर्न, पिज, ससेस, फ्राइड चिकेन, सि फुड, मिल्कसेक, सोडा, फिस एण्ड चिप्स, कुरकुरे ,लेज, चाउचाउ, दालमठ, तितौरा, पानीपुरी  आदि पर्छन । एक योग बिशेषज्ञको अनुसार, एक गिलास कोल्ड ड्रिक्समा ११ देखि १६  चम्चा चिनी हुन्छ । एक प्याकेट चाउचाउ र चिप्समा दिनभरीलाई चाहिने भन्दा बढी मात्रामा नुन हुन्छ एउट पिज्जामा १० देखि १८ चम्चा तेल हुन्छ ।

घ) एकैपटक पेटमा पुगेको चिानी, नुन र चिल्लोको मात्रालाई पेटले पचाएर बाहिर निकाल्न सक्दैन । यस्तो स्थितिमा त्यसलाई पचाउन र बाहिर निकाल्नको निमित्त  शरिरले शरिरिस्थ हड्डी तथा रक्तमासिबाट क्यालसियमा, म्याग्नेसियम, कपर, आइरनजस्ता सुक्ष्म खनिज पदार्थ खर्च गर्नुपर्ने हुन्छ । लामो समयसम्म यहि क्रम दोहोरिदै गएपछि एकदिन असाध्य रोगहरुले जन्म लिन्छन् ।

नियन्त्रण तथा सावधानी

१. जंक फुड लाई नियन्त्रण गर्नको निमित्त बालबाललिकाहरुलाई स्वस्थ्य खानेकुरा खानेबानीको बिकास गर्दै यी स्वस्थ्य खानाको लागि प्रेरित गर्नुपर्छ । लो फ्याट, स्याचुरेटिड फ्याट, कोलस्ट्रोल नभएको खाना, उच्च रेसादार खानेकुरा, सागपात, फलफुल तथा होलग्रेन, क्यालसियम, आइरन भएको खानेकुरालाई स्वास्थकर खाना मानिन्छ ।

२. बिद्यालय प्रशासान तथा अभिभावक मिलेर बिद्यार्थीहरुलाई सिकाउने, जनचेतनामूलक कार्यक्रम गरेमा न्यूनीकरणमा थप सहयोग पुग्दछ ।

३. घरमा यस्तो खानेकुरा ल्याउन बन्द गरेर, कोसेलीको रुपमा  प्रयोग गर्न छाडेर, आफन्तले केटाकेटीलाई  भेट्दा जंकफुड किनेर दिने प्रचलनलाई अन्त्य गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्