जनप्रतिनिधिसँग लैङ्गिक हिंसा विरुद्धको अभियानबारे छलफल



१९ मङ्सिर २०७५, काठमाडौं

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बूढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

नगर उप्रप्रमुख रमादेबि राईको संयोजकत्वमा संचालन भईरहेको १६ दिने अभियान अन्र्तगत महिला जनप्रतिनिधिसँग नगरपालिका स्तरीय महिला समूह, आमा समूह एवं अगुवा महिला दिदीबहिनीहरुबाट संचालित सहकारी संस्थाका अग्रणी भूमिकामा रहनु भएका दिदीबहिनीबिच अभियानसँग जोडिएका कानुनी बिषयमा नगर प्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला, बाल बालिका एवं जेष्ठ नागरिक शाखाको आयोजना, गैसस महासंघ नेपाल, बूढानीलकण्ठ नगरपालिका समन्वय समितिको संयोजन र बालबालिका स्याहार क्लवको व्यवस्थापनमा भएको कार्यक्रममा महिला बिकास अधिकारी इन्दिरा श्रेष्ठले यस किसिमका कार्यक्रमले लैङ्गिक हिंसा अन्त्यमा सहयोग पुग्ने बताईन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका महिला लक्षित स्वरोजगार तालिम संयोजक सुमित्रा पाण्डेले महिलाहरु उद्यमशिल भई स्वावलम्वी बनेमा लैङ्गिक हिंसामा न्यूनीकरण हुने बताईन् ।

कार्यक्रममा विभिन्न वडाका महिला जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको जानकारी गैसस महासंघ समन्वय समितिका संयोजक प्रदिप डंगोलले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्