ट्राफिक नियम मान्दा मन्त्री विष्ट भाईरल



१९ मङ्सिर २०७५, काठमाडौं

संसारभर लोकप्रिय बन्नेहरु ठूला नभई फरक काम गर्छन् यस्तैमा परे वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ।

ट्राफिक नियम सबै नागरिकले मान्नुपर्छ । नियम कानुन सबैलाई बराबर लाग्छ पनि तर नेपालमा प्रधानमन्त्री, मन्त्रीहरु र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु यस्ता नियम पालना गर्दैनन् । शक्तिको भरमा कानुनी नियम उलङ्घन गर्न पछि हट्दैनन् ।

मंगलबार थापाथली चोकको जाममा मन्त्री विष्ट चढेको गाडी पत्रकार रामेश्वर बोहराको क्यामरामा कैद भएछ । पत्रकार बोहराले ट्वीटरमा केही शब्द सहित उक्त गाडीको तस्बीर सहितको पोष्ट राखेपछि अहिले सर्वत्र भाइरल भईरहेको छ ।


बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ !’

प्रतिक्रिया दिनुहोस्