२१ मङ्सिर २०७५, काठमाडौं
शैक्षिक क्षेत्रमा लामो समय देखी कृयासिल शैक्षिक व्यक्तित्व भिष्मराज ढकालको जन्म खोटाङ जील्ला मत्तिम विर्ता भन्ने ठाउँमा पीता चन्द्र प्रसाद ढकाल र माता लक्ष्मी देवीको कोखबाट २०३० साल श्रावण २६ गते भएको थियो । २०३८ सालमा उहाँको परिवार सुनसरीको इटहरीमा बसाईँ सर्याे । उहाँको अध्यन इटहरीको जनता मा.वीबाट सुरु भयो र एस.एल.सी त्यहीबाट गर्नु भयो । त्रिभुवन विश्व विद्यालयबाट एम.बीए सम्मको अध्ययन गर्नु भई हाल उहाँ शैक्षिक क्षेत्रमा कृयासिल हुनुहुन्छ् । विभुती प्रज्ञा निकेतनका प्रिन्सीपल तथा चारुमती कलेज सिफलका चेयर मेन हुनुहुन्छ । प्रस्तुत छ भिष्मराज ढकाल संग विश्व आचार्यले गर्नु भएको कुराकानीको सारसक्षेंप ।
विश्व आचार्य : तपाइँको बाल्यकाल कसरी वित्यो कतीको याद आउछ बताइदिनु न ?
भिष्मराज ढकाल : याद धेरै आउछ मेरो प्रारम्भिक शिक्षा जनता मा.वी इटहरीबाट भएको हो । त्यतिखेर त्यो स्कुल त्यो एरियाकै सवैभन्दा राम्रो थियो । विहानै जाने गन्थ्यिो , स्कुलमा राम्रो पढाउने,खेलाउन, अनुसासनका कुराहरु सिकाउने, नैतिकवान वनाउने,राम्रो पढाउने अहिले पैसा तीरेर पढाउने स्कुल भन्दा राम्रो थियो भन्दा फरक पर्दैन । प्रिन्सीपल तथा सरहरु सबैले विद्यार्थीलाई चिन्थे । पारविारिक वातावरण जस्तो थियो ।
विश्व आचार्य : तपाइलाई पढेर जीवनमा केही गर्नु पर्छ भनेर उर्जा दिने अथवा विद्यालय पढ्दा यसरी सरले उत्साह प्ररेणा दिनु भएको छ । मैले केही गर्नु पर्छ भनेर आज सम्झदा मनमा सधैं प्रेरक लाग्ने सरहरु हुनुहुन्थ्यो ?
भिष्मराज ढकाल : एक जना पाठक सर हनुहुन्थ्यो मलाई आज पनि सम्झदा प्रेरक लाग्छ । नेपाली पढाउने सर जसले किताब पढाउन हुन्न थियो वास्तवमा उहाँले जीवन पढाउनु हन्थ्यो त्यहाँ देखी नै मैले वास्तवमा जीवन केहो भनेर बुझेँ अनुसासन बुझे उहाँले राष्ट्र देश पढाउनु भयो मेरो जीन्दगीको रोल मोडल नै उहाँ हो भन्छु मैले । कलेजमा आएपछि सरहरु वाइक लिएर आउँदा मैले शिक्षक बन्नु पर्ने रहेछ । लेक्चर बन्नु पर्ने रहेछ भन्ने कुरा बुझे यसरी मैले जीवनमा केही गर्नु पर्छ भन्ने लाग्यो र अन्तत म शिक्षा क्षेत्रमा हजारौ विद्यार्थीका सुन्दर सपनालाई साकार पार्ने यो यात्रामा आईपुगे ।
विश्व आचार्य : तपाइको उच्च शिक्षा बारे कुरा गरौ न थप अध्यन अथवा उच्च शिक्षा कहाँबाट पुरा गर्नु भयो ?
भिष्मराज ढकाल : आइए मैले त्रिभुवन क्याम्पस वानेश्वरबाट गरे । व्याचलर महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट गरे डिग्री पनि डिग्री क्याम्पस विराटनगर बाट नै गरेँ ।
विश्व आचार्य : तपाइको वैवाहिक जीवन कहिले भयो । वैवाहिक सम्बन्धले तपाइलाई कतीको सहयोग गरेको छ ?
भिष्मराज ढकाल : मेरो २०६१ सालमा विवाह भयो । म वैवाहिक बन्धनमा बाँधिदा ३१ वर्षको थिए त्यतीखेर म काठमाडांै तिर आइसकेको थिए । विवाह पछीको सम्बन्ध भने मेरो एकदमै राम्रो छ । मलाई एकदमै सपोर्ट भएको छ । मेरै प्रेरणा र हौसलाले गर्दा श्रीमतीले सुब्बामा नाम निकाल्न सफल भईन । उनी अहिले महालेखामा जागीर खान्छीन । त्यसैले मैले जसलाइ बिहे गरे पनि उसले पढ्नु पर्छ भन्ने मान्यता बिहे गर्नु पुर्व नै मेले सोचेको थिए ।
विश्व आचार्य : तपाइको बास्तविक शैक्षिक यात्रा कहाबाट सरु भयो ?
भिष्मराज ढकाल : मैले एमवीए गरे पछी भन्नु पर्छ । हुन त एसएलसी दिइ सकेपछि मैले ट्युसन पढाउने सिलसिलामा ज्यामिती गणित इटहरीमा पढाए । पैसा कमााउने भरपर्दो ठुलो माध्यम त्यो वेलाको शिक्षा नै थियो । ज्यामिती पढ्न तरहरा खनार तीरबाट विद्यार्थी आउँथे भिष्म सर सगं गएर ज्यामिती पढिएन भने ज्यामिती जानीदैन भन्ने प्रकारको विश्वास गर्थे म माथी सुरुवात चाही एमविए गरे पछि २०५६ सालबाट सुरु गरे । प्राइभेट कलेजहरुबाट पढाउन सुरु गरियो ।
विश्व आचार्य : २०५६ साल देखि हाल सम्म झण्डै २० वर्ष हजुरको शिक्षामा वित्यो ? यो दुइसक अध्यायन गराउदा हजुरलाई कस्तो अनुभव हासिल गर्नु भयो ?
भिष्मराज ढकाल : पढाउने सन्दर्भ संग पढाउने मान्छे सधै युवक(योङ्ग) नै हुन्छ भन्छु म । म अहिले ४५ वर्षको उमेरमा हिडिरहेको छु तर मेरो हरेक व्यवहारहरुलाई योङग नै पाउछु । हामी एघार बाह« कक्षामा पढ्ने विद्यार्थीहरुलाई पढाई रहेका हुन्छौ । त्यहाँ नयाँ नयाँ शब्दहरु उनीहरुले प्रयोग गईन त्यहा पनि भिजिने भईयो । कहिले काही क्याम्पसका सरहरुको सर्कलमा जाँदा खेरी त्यस्तै खालका परिपक्व शब्दहरु आउछन् त्यहाँ पनि समाहित भइन्छ । जहाँ जस्तो परिस्थिती आउछ त्यहाँ त्यस्तै पस्थिीतीमा भिजी हालिन्छ । यो शिक्षण पेशा भन्ने कुरा चाही बडा डाईनाइक जस्तो लाग्छ मलाई जानेको कुरा सिकाउन पाइने नजानेको कुरा सिक्न पाईने । मेरो हेराईमा शिक्षण पेशा डाईनामिक मर्यादित पेशा ठान्छु । शिक्षण पेशा समाजको आखाँ हो यसलाई यसरी लीन्छु ।
विश्व आचार्य : शिक्षण पेशा अपानाइरहदा तपाइले लामो शैक्षिक अनुभवहरु सङगाल्दै गर्दा सफल शिक्षक हनुको लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
भिष्मराज ढकाल : सर्वप्रथम एउटा शिक्षक सफल हुन विद्यार्थीको क्षमता के छ भन्ने कुरा बुफ्न जरुरी छ एउटा सफल शिक्षकमा हनुपर्ने महत्वपुर्ण गुण नै त्यही हो । संसारमा धेरै टेक्नीकहरु छन् । टेक्नोलोजीको त्यतीकै ठुलो विकास भएको छ । धेरै विद्यार्थीहरु भन्दा ठुलो करा एउटा सफल शिक्षकको लागि विद्यार्थी काफि हुन्छ । एउटा शिक्षक विद्यालयमा प्रवेश गरेपछि त्यसको क्याटागोरी छुट्याउन सक्नु पर्छ । उदारहणको लागी विद्यार्थी अङग्रेजी बोल्दा बढी बुझ्दछ अथवा एउटा विद्यार्थी नेपाली बोल्दा बढी बुझ्दछ । एउटा विद्यार्थी राम्रो पढ्न जान्दछ् त्यस्तै कोही विद्यार्थी पढ्न मन लागेर आउछन । अनी कोही चाही पढ्न मन नलागी आउछन । डान्स गर्ने गाउने सबै प्रकारका विद्याथीहरु हुन्छन् एउटा कक्षाकोठामा धेरै खालका प्रतिभा हुन्छन् । त्यस्ता प्रतिभाहरुलाई उजागर गराउने शिक्षक सफल हुन्छ जस्तो लाग्छ ।
विश्व आचार्य : अध्यन अध्यापन गराउने सन्दर्भमा अभिावकहरुको मनोविज्ञान कस्तो पाउन् भएको छ ?
भिष्मराज ढकाल : एकदम महत्वपुर्ण प्रश्न गर्नु भयो । किनकी एउटा विद्यार्थी सफल हुनमा शिक्षक,विद्यार्थी अभिभावक यी तीन वटा पाटाहरुलाई हेर्नुपर्छ कुनै अभिभावक भन्नु हुन्छ मेरो छोरा एकदमै राम्रो पढ्थ्यो तर संगतले विग्रयो । स्कुलले विगारि दियो मैले त्यतीका धेरै फि तिरेको छु भन्नु हुन्छ । पैसा धेरै तिर्दैमा शिक्षा राम्रो हुन्छ भन्ने कुरा गलत हो । पैसा धेरै हुदा राम्रो घरमा बस्न सकिन्छ । तर राम्रो शिक्षा चै किन्न सकिदैन पैसाले । यसमा अभिभावकले बच्चाको रेखदेख बानीव्यवहारमा उच्च प्रकारको संस्कार सिकाउनु पर्दछ । अनुसासन सिकाउनु पर्दछ ।
विश्व आचार्य : शिक्षाको एउटा आखाँ शिक्षक हो । अनी एउटा ज्ञानको प्रकाश पनि शिक्षक नै हो विद्यार्थीहरुलाई पढाउने सन्दर्भमा ज्ञानगुनका कुरा सिकाउने क्रममा शिक्षकले बाटो देखाउने क्रमममा जान्ने बुझ्ने केही हासिल गर्न सक्ने बनाउन शिक्षकको ठुलो हात हुन्छ भने तपाइको विचारमा शिक्षक कस्तो हुनु पर्दछ ?
भिष्मराज ढकाल : शिक्षक असाध्यै डाइनामिक हुनु पर्छ, मोटिभेसनल हुनु पर्छ शिक्षकले विद्यार्थीका उत्साह भर्न सक्नु पर्छ । के गर्दा विद्यार्थीले केही कराहरुको ज्ञान हासिल गर्न सक्छ भन्ने बारेमा शिक्षक धेरै जीम्वेवारी हुनु पर्छ । हरेक मान्छे संग केही न केही क्षमता छ त्यो क्षमता चिन्न सक्यो बच्चाहरुको भने वास्तवमा त्यहाँ उसले विद्यार्थी सपार्न सक्छ चिन्न सकेन भने उ सफल शिक्षक हैन ।
विश्व आचार्य : तपाई पुस्तक पनि लेख्नु हुन्छ ?कस्ता खालका पुस्तक प्रकाशन गर्नु भएको छ ?
भिष्मराज ढकाल : कक्षा ११/१२ मा पढ्ने एकाउन्टेन पुस्तक लेखेको छु । यो व्यवसायिक लेखन हो । यो पुस्तक पसलहरुमा विक्री भइरहेको छ ।
विश्व आचार्य : एक्काइसौ शताब्दीको डिजीटल युगमा नेपालको शिक्षण सिकाई प्रक्रियालाई कसरी प्रविधी मैत्री बनाउन सकिएला ?
भिष्मराज ढकाल : पहिले रट्ने जमना पनि थियो । अहिले पनि छ । त्यस कारण अब प्राक्टीकल एजुकेशन हुन पर्छ र हरेक कुरा गर्न सक्ने टेक्नोलोजी सहितको शिक्षा जीवनउपयोगी शिक्षा हुनु पर्छ । आज पढ्नु भनेको भविश्यम गएर जागिर खाने पैसा कमाउने भन्ने कुरा हो । त्यसकारण अब त्यस प्रकारको सिप युक्त व्यवहारिक शिक्षाका लागि प्रविधीको प्रयोग अनुभव हुने गरिकन शैक्षिक संस्थाहरुमा त्यस्ता बिषय वस्तु पुर्याउनु पर्छ भन्ने लाग्छ ।