बूनपा १२ मा लैङ्गिक हिंसा विषयक खुल्ला वक्तृत्वकला सम्पन्न



२१ मंसिर २०७५, काठमाडौँ

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा लैङ्गिक हिंसा विषयक छात्रा तथा खुल्ला वक्तृत्वकला प्रतियोगिता एभर साईन इभेन्टस कपनमा सम्पन्न भएको छ ।

केशव पाठक र श्रीधर पौडेल निर्णायक रहेको प्रतियोगितामा विद्यालय तर्फबाट प्रथम पुरस्कार त्रिज्वती मावि सारिका खड्का, द्वितिय पाएनियोर पब्लिक स्मारीका दाहाल, तृतिय घटराज मेमोरियल निषा अधिकारी भने महिला तर्फबाट भएको प्रतिष्पर्धामा प्रथम कमला खनाल, द्वितिय आभा पुडासैनी र तृतिय कान्ता दाहालले प्राप्त गरेका थिए ।

बूनपा १२ को आयोजनामा भएको कार्यक्रमको सहआयोजक सोही वडाको महिला संजालले गरेको थियो । बूनपा १२ भित्र रहेका ८ वटा विद्यालयतर्फका ८ जनाले प्रतिश्पर्धा गरेका थिए भने खुल्ला महिला तर्फबाट वडाकै ५ जना महिलाहरु रहेका थिए ।

बूनपा नगर प्रमुख उद्वव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभाध्यक्ष बूनपा १२ का काव वडाध्यक्ष पुरुषोतम नेपालले गरेका थिए ।

स्वागत मन्तव्य संजाल उपाध्यक्ष सावित्री भट्टराई तथा कार्यक्रम सञ्चालन महिला संजाल सहसचिव पुष्पा खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्