छोरीलाई बेहुलीको भेषमा देख्दा भावुक बने अम्बानी



२७ मङ्सिर २०७५, काठमाडौँ

मुकेश अम्बानी भारतका निकै धनी र चर्चित विजनेस म्यान हुन् । उनलाई बलिउडका हरेक कलाकारले मान्ने गर्छन् । मुकेश अम्बानी यतिबेला आफ्नी छोरी इशा अम्बानीको विवाहमा व्यस्त छन् । उनकी छोरी इशा अम्बानीले यहि डिसेम्बर १२ मा विवाह गरेकी छिन् ।

इशाले आनन्द पिरामिलसँग लगठ गाठो कसेकी छिन् । उनको विवाहमा बलिउडका चर्चित सेलेब्रेटिदेखि लिएर ठूला ठूला व्यवसायीको उपस्थिति रहेको थियो । उनको विवाह निकै भव्यतााका साथ सम्पन्न भएको छ । आफ्नी छोरीलाई विवाहको मण्डपमा देख्दा अम्बानी निकै भावुक बनेका थिए । जे होस् अम्बानीले आफ्नी छोरीको विवाह धुमधामसँग सम्पन्न गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्