नैतिक शिक्षा अवको आवश्यकता



२८ मङ्सिर २०७५, काठमाडौं

अस्मिता दाहाल (नेपाल ल क्याम्पस, एल.एल.वि)

हाल नेपालका प्राय जसो सम्पूर्ण अभिभावकहरुको दायित्व भने कै आफ्ना सन्ततिले सुख र शान्ति पाउन भन्दै  उनिहरुका भविष्यको लागि आवश्यकता पर्ने सीप र दक्षता सहितको जीवन उपयोगि व्यवहार निर्माण हुने खालको शिक्षा दिनु नै भन्ने हो ।  हरेक अभिभावकले तिनै सन्तानका खातिर शिक्षा प्दान गर्न आफूले रगत र पसिनाले सिंचित गरी कमाएको रकमको ठुलो हिस्सा लगानी गरेका हुन्छन् । सोहि कारण पनि आफूले गरेको लगानीको प्रतिफल  आओस् र सन्नति भविष्य सूनिस्चित होस् भनेर राम्रो तर उचित विद्यालयको खोजिमा सबै अभिभावक रहेको विषय पनि हामीलाई जानकारी छ । तिनै अभिभावक जो आफ्ना वालबच्चाको सपना आँखामा  सजाउँदै साकार बनाउने वाटाहरु निरन्तर खोजिरहेका हुन्छन् ।  यिनै रंगमञ्चमा पर्दा भित्र र पर्दा वाहिरका फरक तर उहि आमायहरु दर्शाईएका प्रशस्त शिक्षालयहरु वजारमा चोक चोक र गल्लि गल्लिहरुमा जो कोहिले सजिलै भेट्दछ । अभिभावकहरु फकर आदत र व्यवहारमा परेका वजारिया जमातहरुले ति विद्यालयको वाहिरी आवरणमा देखिने दृष्यलाई शिक्षाको गुणात्मक विकासको कडि ठानेर रकमसँग बच्चाको भविष्यलाई जिम्मा लगाई रहेनेहरुको संख्या पनि आजकाल खासै कमि देखिदैन । अहिलेको भड्किलो शिक्षाले सामाजिक मान र ईज्जतमा कसको छोराछोरी कुन स्कुलमा पढाउदैछ त्यसले पनि निर्धारण गर्ने कुसंस्कार जगेडिदै घरानियाहरु विच ठुलै प्रतिस्पर्दा हुनुलाई अव कुनै नौलो मानिरहनु पर्दैन । तर यसो भन्दैमा हरेक अभिभावकले यो पनि भुल्नु नहुने विषय हो कि आफूले आफ्ना छोराछोरीलाई कुन संस्कारमा रहने खालको शिक्षा भोलिका लागि दिएको छ भनेर ।

हो, आज भोलि भव्य शहरमा वस्ने सभ्य नागरिकको जमात निकै कम हुँदै गएको छ । हामी जति विकसित समाजमा रमाउने शिक्षित नागरिकका पनि असभ्यताले भरिदै भएका संस्कारहरु विकास गरिदै आएको भना पर्न थालेको छ कारण आज भोलि हरेक दिन विहान कलेज जाने केटाकेटीको संख्या बढ्दो छ । त्यसमा पनि कुन कलेजमा पढेको भनेर ईज्जत गर्ने जमातको पनि कमि छैन तर त्यहि ईज्जतदार र महंगो कलेजमा पढ्ने विद्यार्थीको सामाजिक संस्कार र तिनले गर्ने कृयाकलाप सुन्दा जो धेरैका लागि नराम्रो र अपच्य बन्न सक्छ । समाजले भन्ने गर्दछ केटाहरु बढी अभद्र स्वाभावका हुन्छन् । त्यहि समाजले भनेको हुँदैन कि अभद्र जमातको हिस्सा आजकाल कलेजमा पढ्ने ठिटीहरुमा पनि छ भनेर । कलेज हो जहाँ जीवनका लागि आवश्यकता पर्ने ज्ञान सीप तथा धारणाको विकास गराउने थलो हो तर त्यहि कलेज त्यसमा पनि ११/१२ मा पढ्ने विद्यार्थीहरु अत्यन्तै अभद्रता व्यवहार प्रकट गरी मुखमा जे आयो त्यही खालका छाडा शब्दको प्रयोग गर्दै सवारी साधनमा बसेरै बातचित गरिरहेका देखिन्छन् । नेपाली समाज त्यसमा पनि कलेज पढ्ने केटीहरुको यस प्रकारको गतिविधिले भोलिका दिनमा यो समाज कता जाँदैछ र अहिलेको हिक्षाले कस्तो खालको चारित्रिक गुणलाई विकास गराउने हो भन्नेमा प्रश्न चिन्ह खडा भएको छ ।

अभिभावकहरुको मन पनि यस्तो भैदियो कि छोराछोरीले अंग्रेजी बोलिदिए पछि विश्व जितेको भनुभूति गर्ने । हुन त आजको युगमा अंग्रजी शिक्षा दैनिक काम सहजताका लागि आवश्यकता पर्ला तर यसो भन्दैमा आफ्ना छोराछोरीले सबै चिज विर्सिएर शिक्षाको नाउँमा विकृतिपूर्ण व्यवहार दर्शाउने थाल्नु भोलिका लागि पक्कै राम्रो विषय हुदैन । हुन त हामी पनि कलेजका केटीहरु बिहान कलेज जाँदा बसमा यात्रा गर्दाको क्षणमा उनीहरुले बोलेका छाडापनको बारेमा सजिलै कुराहरु उठान गर्दछौ । हामीले यो पनि भुल्नु हुँदैन कि ति केटीहरुले उनिहरुको घर र विद्यालयबाट के सिकिरहेका छन् भन्ने वारेमा । मनोविज्ञान भन्दछ तिमीले पहिला के देख्यौ, भन्यौ अनि सिकायौ पछि त्यसैको सिको गरेर तिम्रा सन्ततिको भावनाहरु विकास हुनेछ । यसले ति अभिभावकको मन दुखाउला जसका छोरीहरु महंगो कलेजमा पढेर अहिलेको आधुनिक विज्ञानलाई हात पारिरहेको छु भन्ने भ्रममा बाँचेका छन् तर उनिहरुलाई यो पनि थाहा नहोला कि मेरा छोरीहरुले मुखबाट ओकल्ने शब्दहरु सबैका कानमा पनि पर्न सक्छन् । ति शब्द जो उसका साथी बाहेक अरुले पनि सुन्छन् र नराम्रो मान्न सक्छन् । यि धारणाहरु राखेर मैले कसै प्रति आक्षेप लागाउन खोजेको पनि होईन र चाहन्न पनि । तर म यो चाहान्छु कि ति केटीहरु जो मेरा वैनी समानका हुन् जसले समाजका भोलिका दिनमा सकारात्मक योगदान गर्न सकुन । जीवन परिवर्तन गरुन र उनिहरुले चालेका कदममा लाग्दा धेरै संख्यामा सीता र भृकुटीहरु पैदा होउन नकि पुतना र होलिका जस्ता । यो भावनाले ति छोरीका अभिभावकका घरमा संदेश पुगोस् जसले तिनै सन्तानको अभिष्य उज्वलमय बनाउन राता दिन मेहनमाले कमाएको ठुलो रकम खर्चिरहेका छन् साथै ति कजेलहरुमा पनि पुगोस् जसले लाखौ सक्षम र योग्य नागरिक उत्पादन गर्ने दायित्व लिएर बसेका छन् ।

यो मेरो अनुभूति कुनै काल्पनिक घटना होईन र कसै प्रति आक्षेप लगाउन चाहेको पनि होईन । मलाई यो पनि थाहा कि म स्वयम पनि एउटी नारी हँ, कसैको छोरी हँु, मैले जे कुरा मेरो परिवारबाट सिके, जे कुरा मलाई मेरो समाज र गुरुवर्गले सिकाउनु भयो, त्यसैको परिधिमा रहेर आज यहासम्म आईपुगे । मेरो भनाई यति मात्र हो कि समाज रुपान्तरणका लागि दिईने शिक्षाले ति छोरीले धेरै कक्षासम्म पढ्न नसक्लिन तर सामाजिक संस्कार , मर्म र भावनामा आँच आउन दिईनन् भने त्यो ठुलै खालको उपलब्धी भोलिका लागि ठानिने छ । आफू अभद्र हुँदै जाने र उरुले मेरो ईज्जत गरेन भनेर हुंकार गर्नाले बाँकी भए रहेको ईज्जत पनि मेटिन बेर लाग्दैन । आज हामी हरेक समय यौन हिंसा र वलात्कारका घटनाहरु घटेका समाचारहरु सुन्छौ तर ति अपराधहरु दिन दिनै किन बढिरहेका छन् भनेर चाहिं कुनै खाजिनीति गर्दैनौं । अपराध त्यतिकै घट्दैन, अपराधि पनि त्यतिकै बडेका हुँदैनन् । जहाँ ति कृयाकलापका लागि सकारात्मक वातावरण बन्दछ त्यहि स्थानमा बारम्बार वलात्कार हुन्छ, हिंसा हुन्छ । यि सबै घटनामा दोषि न महिला मात्र हुन्छ न पुरुष मात्र, दोषी घटि बढी मात्रामा दुबै रहेका हुन्छन् तर त्यसैका परिणाम कसैको ईज्जत लुटिन्छ त कसैको हत्या हुन्छ । भोलिका दिनमा यि घटनामा कमी ल्याउने खालका उपायहरु अब समाज, अभिभावक र कलेजहरुले खोज्नु पनि नितान्त आवश्यकता देखिन्छ ।

मेरो सुझाव ति बसै अभिभावक, तिनका छोराछोरी, कलेज संचालकलाई पनि कि तपाईहरुले दायित्व र जिम्मेवारीलाई पैसामा होईन व्यवहारमा के हुँदैछ र भईरहेको छ हेर्नुहोस् । अभिभावकले पनि पैसा तिरे पछि मेरो काम सकियो भन्ने ठान्नु भो भने गलत गर्दै हुनुहुन्छ । पैसाको अलावा समयको परिधि, दैनिक दिनचरिया, वोलिबचन, संगत र आदतको वारेमा ध्यान दिनुहोस् । हरेक कलेजले आफ्ना जिम्मामा परेको कामलाई दामसँग दाजेर होईन हाम्रो कलेजको उत्पादनले के कस्ता व्यवहारहरु प्रकट गर्दै आएका छन् त्स वारे सचेत रहँदै त्यसको जानकारी निजका अभिभावकमा संप्रेशण गर्नुहोस् । भोलिको दायित्व काँधमा बहन गर्न अघि बढेका वहिनीहरुले पनि म के गर्दै छु र भन्दै छु भन्ने कुरामा ख्याल गर्दै अगाडी बढ्दा उचित हुन्छ । यहाँ म मात्र होईन मेरा मान्यजनहरु पनि हालान् कतै आमा दाई अनि बुबा पनि होलान् भन्ने सोचको विकास गरी अगाडीकोे कदम बढाउँदा सबैको सद्भाव मिल्न अनि देशको भविष्य अवष्य चम्किन्छ ।

प्रतिक्रिया दिनुहोस्