सातगाउँले जात्रामा रम्दै जेसिसका विद्यार्थी

०४ पुस २०७५, काठमाडौं

काठमाडौँको चन्द्रागिरी न.पा.स्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीहरूले ऐतिहासिक महत्वको स्थानीय न्हेंगाँ जात्रा (सात गाउँले जात्रा)मा सहभागी भइ जात्रा मनाएका छन् । मार्ग शुक्ल अष्टमीदेखि सुरु भएको उक्त जात्राको रथयात्राको विशेष दिन सोमबार उनीहरूले सहभागी भएर स्थानीय संस्कृति अनुसारको मन्दिरको परिक्रमा गरी वैष्णवीदेवी मन्दिरमा रहेका विभिन्न ७ स्थानबाट ल्याइएका रथहरूको अवलोकन गरे । सो जात्रामा विद्यार्थीहरुले नृत्य प्रदर्शनी गर्नुका साथै उनीहरू विद्यालयले आयोजना गरेको नेवारी परम्परा अनुसारको भोजमा समेत सहभागी भए ।

प्राथमिक तहको सामाजिक विषय अन्तर्गत समेटिनुपर्ने २० प्रतिशत विषयवस्तुका लागि यसै वर्ष स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयले आफ्नो अध्ययन अध्यापनमा स्थानीय पाठ्यक्रमलाई लागू गरेको छ । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित कनेक्टिङ क्लासरुम, आई. एस. ए. (इन्टरनेशनल स्कुल अवार्ड) परियोजना अन्तर्गत स्थानीय पाठ्यक्रमको परियोजनामा कक्षा ४ र ५ का विद्यार्थीहरू सो जात्रामा सहभागी भएका हुन् ।

स्थानीय पाठ्यक्रम बनाएर विद्यालयको पाठ्यक्रमा लागू गरेकोमा नेवारी संस्कृतिकर्मी तथा जात्राका जानकार धर्मरत्न श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । अर्का नेवारी संस्कृति तथा जात्राका जानकार राजुराज राजोपाध्यायले विद्यार्थीलाई जात्रामा सहभागी गराएर विद्यालयले विद्यार्थीहरूको माध्यमबाट संस्कृतिको संरक्षण र संवर्धनमा अनुकरणीय कार्य गरेकोमा धन्यवाद दिनुभयो ।

जात्रामा सहभागी भएर विद्यार्थीहरूले स्थानीयहरूसँग प्रश्नावली भर्नुका साथै, स्रोत व्यक्तिसँग छलफल समेत गरे । विद्यार्थीहरूले केही दिन अगाडि संस्कृति तथा जात्राका जानकारद्वय राजु राज राजोपाध्याय तथा धर्म रत्न श्रेष्ठबाट विद्यालयमा जात्राका विषयमा छलफल तथा अन्तरक्रिया गरेर जात्राको ऐतिहासिक महत्व, प्रचलित किंवदन्ती, जात्रा मनाउनुको कारणआदि विषयमा जानकारी हासिल गरेका थिए ।

जात्राको २ दिन अगाडि विद्यार्थीहरूले सतुङ्गलमा अवस्थित वैष्णवीदेवीको मन्दिरको सरसफाई समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्