बूनपामा पशुपंक्षी ऐनका विषयमा अन्तरक्रिया



१२ पु्ष २०७५, काठमाडौँ

पशु क्वारेन्टाइन कार्यालय बूढानीलकण्ठ नगरपालिकाद्वारा पशुपंक्षी ऐन नियम तथा मापदण्डबारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम बूढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बूनपा प्रमुख उद्धव खरेल, पशु क्वारेन्टाइन बूनपाका प्रमुख डा. श्रीराम अधिकारी, उपप्रमुख डा. सम्झना काफ्ले लगायतका विभिन्न कार्यालयका प्रमुख लगायतका अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अवैध रुपमा भारतबाट ल्याईएका कुखुरालाई कसरी नियन्त्रणमा ल्याउने ? पशुपंक्षीलाई निर्यात गर्दा दुःख कष्ट नदिई कसरी ओसारपसार गर्ने ? मरेका पशुपंक्षी तथा जथाभावी छाडिएका पशुलाई कसरी व्यवस्थापन गर्ने ? लगायतका विषयमा छलफल गरिएको थियो ।

विशेषगरी पशुपंक्षीहरुलाई आन्तरिक ओसार–पसार गर्दा नाक तथा पुच्छरमा डोरी बाध्ने, टाउको वा अन्य अङ्ग बाहिर आउनेगरि अड्काउने, गाडीको ढालामा बारम्बार ठोक्किन गई घाउचोट लाग्ने वा अन्य दुःख कष्ट नदिई पशुपन्छीलाई ढुवानी योग्य सवारी साधनमा ओसार–पसार गर्न सम्पुर्ण सरोकारवालाहरुको अपरिहार्य सहयोग आवश्यक भएकोले जनचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको प्रेस विाज्ञप्ति मार्फत जनाईएको छ ।

कार्यक्रममा पशु स्वास्थ्य तथा पशुसेवा ऐन २०५५, नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४, तथा मुलुकी अपराध संहिता ऐन २०७४ को बारेमा समेत जानकारी गराईएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सुरक्षाकर्मी, पशुजन्य पदार्थहरुको विक्रिवितरण गर्ने व्यवसायी, पशुपंक्षी ढुवानी कार्यालयमा संलग्न व्यवसायी, पशु कल्याण कार्यमा संलग्न संघसंस्था, आम उपभोक्ता, स्थानीय तह, यातायात व्यवसायी, पशु विज्ञ, एकै प्रकृतिका सरकारी वा गैरसरकारी संघसंस्था लगायत उपभोक्तावादीहरुलाई समेत डा. श्रीराम अधिकारीेले प्रशिक्षण दिएका थिए भने कार्यक्रम संचालन पशु चिकित्सक दिपक भट्टराईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्