प्याब्सन काठमाडौँ महानगर कमिटीद्वारा एक दिने लिडरसिप वर्कशप सम्पन्न



२२ पुस २०७५, काठमाडौं

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन काठमाडौं महानगर कमिटिले एक दिने लिडरसिप वर्कशप सम्पन्न गरेको छ ।

आज काठमाडौँमा सम्पन्न कार्यक्रममा कि स्पिकर तथा  प्रशिक्षक नरबहादुर कार्कीले नेतृत्व सम्बन्धी तालिम दिए भने आध्यात्मिक चिन्तन सम्बन्धी बिषयको तालिम डा. चिन्तामणी योगीले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौ नगर कमिटीका अध्यक्ष मुरारी प्रकाश सन्जेलले नीजि बिद्यालयले भोगिरहेको समस्या प्रति काठमाडौँ नगर कमिटी गम्भीर रहेको बताए । उनले भने, ‘तपाइहरुका समस्या हाम्रो आफ्नै समस्या हो हामी सबै मिलेर समस्याको समाधान गर्नु पर्छ ।’ पहिलो पटक आयोजित कार्यक्रममा विद्यालयहरुको अपेक्षित सहभागिताले आफु उत्साहित भएको बताउँदै भने, ‘हामीले प्याब्सनको तर्फबाट नीजि बिद्यालयको शैक्षिक उन्नति र प्रगतिका लागी सधै सहकार्य गर्न इच्छुक छौं । अगामी दिनमा महानगर कमिटीले परिक्षा संचालन गर्ने तयारी गरिरहेको छ, तालिम, गोष्ठी सेमिनारहरु पर्याप्त मात्रामा गर्ने तयारी गरिरहेका छौ ।’

हाम्रो तर्फबाट कुनै कसर बाँकी नरहने गरिकन हामी काम गर्ने पक्षमा छौं । कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नीजि विद्यालयहरुलाई संकट आउन  लागेको बेला सबै एकजुट भएर अगाडी बढ्नुको बिकल्प नभएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो नीजि बिद्यालयलाई संकट परेको बेला आज हामी नेतृत्वको लागि एकअर्कासँग भिड्ने काम राम्रो होइन जिल्ला, प्रदेश र केन्द्र सम्मै सर्वसम्मत रुपमा नै नेतृत्व चयन हुनुपर्छ तव मात्र हामीले हाम्रो एजेण्डालाई स्थापीत गरेर अगाडी बढ्न सक्छौ ।

प्याब्सन केन्द्रीय महासचिब राजेन्द्र बानिँयाले उच्च शिक्षा प्रतिबेदन बुद्धिमतापुर्ण नभएको औल्याउँदै भन्नुभयो संबिधानको धारा २५–२ ले राज्यले सार्बजनिक हितको लागी नीजि सम्पति अधिग्रहण गर्नु परेमा मुआब्जा दिनु पर्ने प्राबधान छ यता प्रतिबेदनले यस बारेमा चासो राखेको छैन । बानियाँले भन्नुभययो, ‘प्रतिबेदन जस्ताको त्यस्तै पारित भयो भने हामी त्यसलाई हेरेर बस्दैनौ । हामीले कयौं रोजगार सिर्जना गरेका छौं, शैक्षिक क्षेत्रमा ब्यापक योगदान गरेका छौं, । गुणस्तरीय शिक्षा दिएका छौ, जिडिपीमा ७ दशमलव २३ प्रतिशत योगदान गरेका छौ, यसरी हामीले गरिरहेको योगदानलाई मार्नु हुदैन ।’ वहाँले भन्नुभयो, ‘कतिपय नीजि बिद्यालयले बैंङकको ऋण लिएर चलाईरहेको अबस्था छ यो सबैको मुल्याङ्कन हुनुपर्दछ ।’ एक प्रसङ्गमा वहाँले भन्नुभयो, ‘शिक्षकहरुको तलव निर्धारण शिक्षा ऐन अन्तर्गत हुनुपर्ने बताउँदै सबै प्रकारका ऐन नियम बिद्यालय क्षेत्रसँग आकर्षित भई नीजि बिद्यालयलाई चलाउन मुस्किल परेको उल्लेख गर्नु भयो ।’

कार्यक्रममा करिव २०० बिद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्