२२ पुष २०७५, जुम्ला
कर्णाली प्रदेशका हिमाली जिल्लामा विद्यार्थीले हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको छ ।
विद्यालयमा विषयगत शिक्षिक नहुनु र भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु र विद्याललयमा आएको शिक्षकले नियमित नपढाउनाले आधा किताब पढेर परीक्षा दिनु परेको महादेव आधारभूत विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र शेरबहादुर रोकायाले बताउनुभयो ।
“गणित, सामाजिक, नेपाली र कम्प्युटर जस्ता अनिवार्य विषयको पाठ्यक्रम वर्षभरि सम्पन्न हुन सकेनन्,” उहाँले भन्नुभयो, “तर पनि विद्यार्थीलाई परीक्षा दिनुपर्ने बाध्यता नै भयो ।”