२४ चैत्र २०७५, काठमाडौं
पहिरोका कारण कर्णालीका विभिन्र राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।
शनिबार बेलुका आएको भारी वर्षा र असिनाले पहिरो खसेपछि यात्रु अलपत्र परेका हुन् । पहिरो दैलेखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाँउपालिकामा पर्ने दहीखोलामा खसेको हो ।
पहिरो पन्छाउनमा ढिलाई हुदाँ दुई दिन देखि यात्रु समस्यामा परेका छन् । कतिपय यात्रुहरु जोखिम मोलेर भएपनि पहिरो पार गरिरहेका छन् ।
बेला–बेलामा पानी परिरहने र पहिरो खसिरहेकोले बाटो खुलाउन समस्या भएको जनाईएको छ ।
अवरुद्ध सडक खुलाउन आईतबार बिहानैदेखि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक डिभिजन कार्यलयका कर्मचारी लागि परिरहेका छन् ।