प्रदेश नं.५का प्रदेशसभा सदस्यले आँधीहुरी प्रभावितलाई एकदिनको पारिश्रमिक दिने !



२४ चैत २०७५, काठमाडौं

बारा–पर्साका आँधीहुरी प्रभावितलाई प्रदेश नं. ५का प्रदेशसभा सदस्यहरुले एकदिनको पारिश्रमिक दिने भएका छन् ।

प्रदेशसभाको आईतबार बसेको बैठकले एक दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने प्रस्ताव गरेको हो ।

प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार छ ।

जसमा एकदिनमा १५सय हुनेछ ।

प्रदेश नं.५ मा हाल ८७ प्रदेशसभा सदस्य रहेका छन् ।

यसअधि पनि प्रदेश नं. ५ सकारले बारा–पर्साका आँधीहुरी प्रभावितलाई १ करोड दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्