२७ चैत्र २०७५, काठमाडौैैं
प्रदेश नं. ३ का सामाजिक विकासमन्त्रीले आफ्नै मन्त्रालयको कार्यकक्षमा ताला लगाईदिएका छन् ।
मन्त्री यूवराज दुलालले मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएको फाइल कार्यान्वयन नगरेको भन्दै सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालबन्दी गरिदिएका हुन् ।
केही दिनअघि मात्र मन्त्री दुलाल र सचिव पौडेलबीच विवाद भएको थियो ।
विवादपछि मंगलबार नै सचिव बिदा मागी काठमाडौं गएका छन् ।