०२ वैशाख २०७६, काठमाडौं
विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रर्दशन गरेको छ ।
प्रधानमन्त्री र प्रधानन्यायधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटना सार्वजानिक भएपछि रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको हो ।
प्रर्दशनको क्रममा ‘ बालुवाटार बेच्रनेले सिंहदरबार पनि बेच्लान होसियार’, चर्को स्वरमा बौलौं, भ्रष्टाचारको पोल खौलौं’, ‘ नेताहरुको सम्पत्ति छानवीन गर’,‘ ठूलो माछा कत्ता छ,? सिंहदरबार जत्ता छ ’ लेखिएको प्ले कार्डहरु देखाइएको थियो ।