०३ बैशाख २०७५, काठमाडौं
मधेशी आयोगले डा. विजय कुमार दत्तलाई अध्यक्ष पाएको एक महिना नबित्दै आयोगको प्रमुख कामहरु हालसम्म गरेको प्रगति र भावी कार्ययोजना बारे छलफल गर्न आयोग र संचारकर्मी बिच अन्तरक्रिया आयोजना गरेको छ ।
ज्वागल ललितपुर स्थित आयोगको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका माननीय अध्यक्ष डा. विजय कुमार दत्तले आयोगको प्रमुख कामबारे प्रष्ट्याउँदै भने,
१. आयोगले मधेशी समुदायको हकहितको संरक्षण र सम्बर्द्धन तथा सशक्तिकरणका विषयमा अध्ययन अनुसन्धान गर्ने र सो सम्बन्धी नीतिगत, कानुन र संस्थागत सुधारका विषयमा नेपाल सरकार समक्ष सिफारिस गर्ने ।
२. नीति तथा कार्यक्रम कार्यान्वयनको समिक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने ।
३. आयोगले गरेका सिफारिस वा दिएका सुझाव कार्यान्वयनका सम्बन्धमा अनुगमन गर्ने वा गराउने ।
४. मधेशी समुदाय भित्रका भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासका लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने ।
५. कुरिति, अन्धविश्वास तथा सवै प्रकारका शोषण अन्त्य गर्न सशक्तिकरणका लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने ।
६. मधेशी समुदायका सम्बन्धमा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धी सम्झौता कार्यान्वयन भए नभएको अनुगमन गरी नेपाल सरकारलाई कार्यान्वयनको लागि आवश्यक सिफारिस गर्ने वा सुझाव दिने ।
७. मधेशी समुदायको अधिकार उलङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी सो उपर छानबिन तथा तहकितात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने ।
८. मधेशी समुदायको पहिचानका सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गरी थर सूचिकृत गर्न नेपाल सरकारलाई सिफारिस गर्ने ।
आयोगको हाल सम्मको कार्य प्रगति
१. आयोगको वेभसाईट www.mcommission.gov.np संचालनमा ल्याईएको ।
२. Toll Free Number १६६००११६१८५ को व्यवस्था गरिएको ।
३. मोबाईल एप निर्माण अन्तिम चरणमा पुगेको ।
४. कार्यालयमा सिसिटिभी जडान गरी अनुगमन भईरहेको ।
५. पूर्ण प्रविधिमैत्री वातावरण निर्माणको प्रक्रियामा कार्यालय रहेको ।
६. आयोगहरुसँगको समन्वय बैठक सम्पन्न ।
७. नियमावली र निर्देशिका अन्तिम चरणमा ।
८. बैठक संचालन सम्बन्धी कार्यविधि स्वीकृत भएको ।
भावी योजना
१. प्रदेश १,२ र ५ मा अनुशिक्षण गोष्ठी संचालन गरिने ।
२. स्थानीय भाषाहरु मैथिली, भोजपुरी र अवधी तथा नेपाली भाषामा जिंकल निर्माणको प्रक्रियामा रहेको ।
३. चुरे क्षेत्रको प्राकृतिक दोहोनलाई न्यूनिकरण गर्न सरोकारवालाहरुसँग आवश्यक छलफल गरिने ।
४. अनुगमन प्रयोजनार्थ विभिन्न जिल्लामा रोष्टर निर्माण गरिने ।
५. आयोगको कामलाई पारदर्शी बनाउन नागरिक वडापत्र निर्माण गरी प्रकाशन गरिने ।
६. मधेशी आयोग ऐन २०७४ को परिच्छेद ३ दफा ७ बमोजिम आयोगको काम कर्तव्य र अधिकारमा उल्लेख भए अनुसार मधेशी समुदायको हकहितको संरक्षण र सम्बर्द्धन तथा सशक्तिकरणको लागि भईरहेको कानुनी नीतिगत तथा संस्थागत व्यवस्थामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदैं अध्यक्ष डा. दत्तले सिमित साधन स्रोतमा आयोगले अधिकतम काम गर्ने बताउँदै सूर्योदय भएपछि न्यानो भएजस्तै मधेशी आयोग गठनपछि यसका कामले मधेशी समुदायलाई प्रकाश पार्ने बताए ।