०४ बैशाख २०७६, काठमाडौं
हुम्ला जिल्लाको एक मात्र मालपोत कार्यालयमा ३ महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
सरुवा भएको महिनौं पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआँउदा सेवाग्राहीले समस्या भोग्नुपरेको हो ।
कर्मचारीको समायोजनसँगै हुम्लाको मालपोत कार्यालय प्रमुखको सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यलय सञ्चालन भइरहेको छ ।
कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्हालेका छन् । उनी मालपोत कार्यालयका कम्प्युटर अपरेटर हुन् ।
निमित्त लाई जिम्मा दिएपनि अधिकार नदिएका कारण जग्गा रजिष्ट्रेशन नामसारी गर्न समस्या भएको छ ।
विगत तीन महिनादेखि हुम्ला मालपोत कार्यालयमा जग्गा पास, राजीनामा, नामसारी, रजिष्ट्रेशन, वकपत्रजस्ता काम रोकिएको छ ।