‘धर्म निरपेक्षता’ लेखिएको ब्यानर जलाउने राप्रपाका कार्यकताहरु प्रहरीद्धारा पक्राउ !



०६ बैशाख २०७६, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकतालाई प्रहरीले धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने क्रममा पक्रेको छ ।

शुक्रबार शान्तिवाटिकामा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

विभिन्र २२ बुँदे माग लिएर सकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित कार्यक्रम अन्तर्गत ‘धर्म निरपेक्षता’ लेखिएको ब्यानर जलाएको हो ।

प्रहरी हस्तक्षेपका बाबजुद अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्