१० बैशाख २०७६, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा नेपाली सेनाले निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश निषेध गरेको छ ।
सेनाले जङ्गी अड्डाभित्र निर्माण गरेको भवन राष्ट्रपतिद्धारा उद्घाटन कार्यक्रममा निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश रोक लगाएको हो ।
०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेपछि निमार्ण भएको अत्याधुनिक भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी अड्डा पुगेकी हुन् । उनी सेनाको परमाधिपति समेत रहेकी छिन् ।
हेलिकप्टर खरिद , महाराजगञ्जस्थित नेपाल एकेडेमीलाई सारेर राष्ट्रपति कार्यालय विस्तार लगायतका विषयमा भण्डारी विवादित बनिरहँदा सेनाले उनी सहभागी कार्यक्रममा नीजि सञ्चार माध्यमका पत्रकारलाई प्रवेश रोक लगाएको हो ।