१० बैशाख २०७६, काठमाडौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठिक पार्ने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठिक पार्ने बताएका हुन् ।
प्रगति र सुशासनलाई अवरोध पुर्याउन धर्मको नाममा नाटक भइरहेको मन्त्री बाँस्कोटाको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र , राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बाँस्कोटाले यस्तो भनाई राखेका हुन् ।
उनले नेपालमा राजतन्त्र फर्कने सपना नदेख्न समेत आग्रह गरेका छन् ।