खुलामञ्चमा चल्यो डोजर : पसलेको रुवाबासी (भिडियो सहित)



१५ बैशाख २०७६, काठमाडौं

काठमाडौं महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्चभित्रका विभिन्न संरचनाहरु भत्काउन थालेपछि त्यहाँका पसलेहरुको रुवाबासी चलेको छ ।

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि महानगरले शनिबार त्यहाँका सटर तथा पसलमा डोजर चलाएको हो ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको बताएका छन् ।

करिब ४० वटा सटरहरु खडा गरेर खुलामञ्चभित्र पसल सञ्चालन हुँदै आएका थिए । महानगरको डोजर चल्नु अघिसम्म त्यहाँका पसलमा ग्रहाकहरुको भीडभाड नै देखिन्थ्यो ।

डोजर चलिरहँदा पसलेहरु आफ्नो सामानको सुरक्षा गर्नतीर लागेको लागेका थिए भने कतिपय पसलेहरुले सामान निकाल्न महानगरपालिकाले पर्याप्त समय नदिएको भन्दै आपक्ति जनाएका थिए ।

खुल्लामञ्च अतिक्रमण भएको विरोधमा जनताको अभिमत रहेका कारण महानगरपालिकाले डोजर चलाएकोमा स्थानीयहरु पनि खुशी देखिएका छन् ।

महानगरपालिकाले सडकहरु भत्काएपछि त्यहाँ रहेका पसलेहरु बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्