पार्टी एकतापछि लोकतन्त्र विरोधीहरु छटपटिएको गृहमन्त्री बादलको आरोप



१५ बैशाख २०७६, काठमाडौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लोकतन्त्र विरोधीहरुले मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन लागेको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै उनले पार्टी एकता भएपछि लोकतन्त्र विरोधीहरु छटपटिएको आरोप लगाएका हुन् ।

समाजवाद ल्याउन एकता सशक्त र  शक्तिशाली  नेतृत्व र संगठन चाहिएकोेले पार्टी एकता गरिएको गृहमन्त्री बादलले बताएका छन् ।

नेकपाको सचिवालय समितिमा समेत रहेका मन्त्री बादलले अब गाउँ गाउँ तहसम्म पार्टीले सभा तथा कार्यकर्ता माझ प्रशिक्षणको तयारी गरीरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्