१७ बैशाख २०७६, काठमाडौं
संघीय समाजवादी फोरम नेपाल प्रदेश – २ को अध्यक्षमा प्रदेश मन्त्री विजय यादव निर्वाचित भएका छन् ।
निर्वाचित मन्त्र यादव पार्टीको केन्द्रीय कोषाध्यक्ष समेत हुन् ।
उनले अर्का आफ्नो प्रतिस्पधी रेणु यादवलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोमबार लहानमा भएको मतदानमा रेणुभन्दा विजयले ३७ मत बढी प्राप्त गरेका थिए ।
विजयले १ सय ८४ मत पाए भने रेणुको पक्षमा १ सय ४७ मतमात्र आफ्नो पक्षमा पार्न सफल भए ।
प्रदेशको ५२ सदस्य समितिमध्ये ४१ जनाका लागि निर्वाचन गरिएको थियो ।