धनकुटा प्रदेश एकको सम्पर्क राजधनी !



१७ बैशाख २०७६, इटहरी

प्रदेश एक सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको छ ।

आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकलेसम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने ब्यवस्था गरिएको सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो । यस्तै धनकुटामा नै यातायात ब्यवस्था कार्याको सेवा कार्यालय समेत संचालन गर्ने निर्णय गरेको छ ।

चैतसम्म मात्र म्याद रहेको कानुन तथा मस्यौदा समितिको म्याद थप गरी  असार मसान्तसम्मको लागि तोकिएको छ । त्यस्तै बिभिन्न प्रदेशका मन्त्रालयमा संघबाट पदस्थापन भएर आएका कर्मचारीहरु ८ तहसम्मलाई सम्बन्धित मन्त्रलयले ब्यवस्थापन गर्ने र सो भन्दा माथिका तहका कर्मचारीको सन्दर्भमा मुख्यमन्त्रीको कार्यालयले ब्यवस्थापन गर्ने गरी  कर्मचारी पुनस्थापन तथा सरुवा सम्बन्धि कार्यबिधिलाई स्वीकृत प्रदान गर्ने मन्त्री परिषदले निर्णय गरेको छ ।

त्यस्तै प्रदेशमा जाँचबुझ आयोग गठन गर्नु पर्ने अबस्थामा त्यसको लागि  कानुन बनाउने बारेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्