१८ बैशाख २०७६, काठमाडौं
नेपाली काँग्रेसबाट निर्वाचित एक जना मेयर सत्तारुढ पार्टी नेकपामा प्रवेश गरेका छन् । रौतहटको इशानाथ नगरपालिकामा काँग्रेसका तर्फबाट निर्वाचित मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरे ।
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु शाहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन । उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रमा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । त्यस्तै मंगलबार नै राजपावाट रौतहट – ३ का उम्मेदवार रहेका ओमप्रकाश जयसवाल पनि नेकपामा प्रवेश गर्दा नेकपा कार्यकर्ता हर्षित भएका थिए ।