१८ बैशाख २०७६, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगर २३ वडा कमिटीले आर्थिक वर्ष २०७६÷७७ का लागि योजना संकलनका लागि अन्तरक्रिया गरेको छ ।
वडा नम्बर २३ मा भौतिक तथा अन्य योजनाहरुको संकलन गर्नका लागि आयोजना गरिएको कार्यक्रममा सुझाव संकलन गरिएको थियो ।
योजना संकलन संगै सोही भेलाले उपकारी कोष पनि स्थापना गरेको छ । भाइराजा ज्यापूको संयोजकत्वमा रहेको सो समितीले अक्षयकोष स्थापना गरेर वडा २३ का स्थानीयको शोकमा सहयोग गर्नेछ ।
सो कोषका लागि प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले २५ हजार ,वडा अध्यक्ष मचाकाजी महर्जनले आफ्नो परुश्रमिकको १० प्रतिसत सहयोग गर्ने घोषणा गरेका थिए।
कार्यक्रमका सहभागीहरुले भौतिक विकास ,सामाजिक कार्यक्रम ,कला साहित्य र संगीत लगायत क्षेत्रमा पनि योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए।
अओ कार्यक्रममा नेकपा काठमाडौं–२३ को अध्यक्ष समेत रहेका वडा अध्यक्ष मचाकाजी महर्जनले वडाले सबै क्षेत्र समेटेर योजना बनाउने बताएका थिए।
काठमाडौं महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले स्थानीय स्तर बाट आएका सुझाव समेटेर महानगरले योजना बनाउने बताउँदै त्यसका लागि सबै वडामा अन्तरक्रिया कार्यक्रम हुनु पर्ने धारणा राखेका थिए।
सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले जनता बाट धेरै भन्दा धेरै योजना माग हुनुपर्ने बताउदै कार्यक्रममा आएका सुझाव अनुसार योजना निर्माण गर्ने धारणा राखेका थिए।उनले पुर्वाधार निर्माण र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सो कार्यक्रमले सहयोग पुगेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।