२० बैशाख २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारकर्मी तथा आम–नागरिकहरुलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले २६ औं विश्व प्रेस स्वतन्त्रताको अवसरमा ट्वीट गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् । ‘‘ संवैधानिक, कानूनी र व्यवहारिक रुपमै सुरक्षित नेपाली प्रेसलाई स्वच्छ, व्यावसायिक र सिर्जनशील बनाएर यसले अझ मर्यादित र प्रतिष्ठित स्थान प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’’
त्यसैगरी सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बाँस्कोटाले पनि ट्वीटमार्फत नै शुभकामना दिएका छन् ।