फोरम र नयाँ शक्ति एकताको घोषणासभा वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा



२१ बैशाख २०७६, काठमाडौं

संघीय समाजवादी पार्टी नेपाल (फोरम) र नयाँ शक्ति पार्टी नेपालबीचको घोषणासभा यही वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुँदैछ ।

आज शनिवार फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सहमति पत्रमा आधिकारीक हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर पत्रमा एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने उल्लेख गरिएको छ ।

सहमतिपत्रमा ‘विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ’ भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्