सांसद श्रेष्ठको नेतृत्वमा स्थानीय विकास कार्यको निरीक्षण सम्पन्न



२६ बैशाख २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको नेतृत्वमा काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका विकास निर्माणका कार्यहरुको निरीक्षण सम्पन्न भएको छ ।

निरीक्षणका क्रममा सांसद श्रेष्ठले काठमाडांै महानगरपालिका वडा नं. १३ स्थित मनमति खोलाको रिटेनिङ वाल, नार्गाजुन नगरपालिका वडा नं. ४ र ६ जोडने बंगलामुखी मन्दिरको सिमाना सडक, नार्गाजुन नगरपालिका वडा नं. ५  बस्याल टोलको सडक लगायत छोकडोल र पुतुवार गाउँको सडक निर्माण कार्य निरीक्षण गरेका थिए ।

निरीक्षणमा जिल्ला समन्वय समितीका प्रमुख शिवसुन्दर राज बैद्य, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, जिल्ला समन्वय समितिका सदस्य शिला कर्माचार्य लगायत स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्