२७ वैशाख २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रदेश सरकार र क्षेत्र नं ८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत मनमती खोलामा रितेनिङ्ग वाल निर्माण कार्य सु–सम्पन्न भएको उपलक्ष्यमा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सांसद श्रेष्ठ सहित प्रदेश सभा सदस्य राजेश शाक्य, काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर, वडा सदस्य सदस्य राम बाबू कोइराला, उपभोक्ता समितिका संयोजक भवनाथ झा, समाजसेवी गंगा श्रेष्ठ र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित मनमती खोला, पुरानो कालिमाटी ज्ञानोदय स्कूलको माथिल्लो भागमा लगायतका स्थानमा निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भएपछि स्थानीय जनसमुदायले जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
धेरै बर्षदेखि खोलाको कारण वर्षामा घरभित्र पानी पसेर स्थानीय जनसमुदायले दुःख पाईरहेका थिए ।